ad ad

अटो


नासा नेपाललाई अन्तर्राष्ट्रिय मोटरसाइक्लिङ फेडरेसनको ‘सोलिडारिटी ट्रफी’

नासा नेपाललाई अन्तर्राष्ट्रिय मोटरसाइक्लिङ फेडरेसनको ‘सोलिडारिटी ट्रफी’

नेपालखबर
माघ १८, २०७७ आइतबार १०:२०,

संसारकै एकमात्र मोटर साइक्लिस्ट फेडेरेसन अन्तर्राष्ट्रिय मोटरसाइकल महासंघ (फीम) को वार्षिक साधारण सभा सम्पन्न भएको छ।

स्विजरल्याण्डको जेनेभामा केन्द्रीय कार्यालय रहेको ‘फीम’ मा विश्वका ११७ नेसनल मोटरसाइक्लिङ फेडरेसन (एफएमएन) र ६ वटा महादेशीय महासंघ (सीओएनयू) आवद्ध छन्।

नेपालबाट नेपाल अटोमोवाइल्स एसोसिएसन (नासा) यसको राष्ट्रिय संघ हो। जसले एफआईएमद्वारा पहिलोपटक स्थापित ‘फीम फेमली सोलिडारिटी ट्रफी’ प्राप्त गरेको छ।

यहि जनवरी २८ तारिखबाट शुरु भई ३० तारिक मध्यरातमा सम्पन्न सो साधारण सभामम फीमका अध्यक्ष जर्ज भगासले सो ट्रफीको घोषणा गरेका थिए। नासा नेपालसहित स्पेन, टर्की, इन्डोनेसिया, इटाली लगायत १५ देशका राष्ट्रिय संघहरुले सो अवार्ड प्राप्त गरेका छन्।

नेपाल जस्ता प्रारम्भिक चरणमै रहेको संघले विश्वव्यापी अवार्ड प्राप्त गर्नु नेपाली अटोमोवाइल्स क्षेत्र र राइडर्सको लागि मात्र नभई सिंगो खेलकुद र नेपालकै लागि खुसीको कुरा हो।

७७फेडेरेसनहरु सहभागी साधारण सभाले गत वर्ष २०२० को प्रतिवेदनअ नुमोदन गरी सन् २०२१ को कार्यक्रम र बजेट पारित गरेको छ। त्यस्तै, सन् २०२१ मै नेपालमा ‘इन्टरनेसनल मोटरसाइक्लिङ कन्फिरेन्स’ आयोजना गर्ने नासा नेपालको प्रस्ताव समेत अनुमोदन गरेको छ।

इराक र मोजम्बिकका मोटरसाइकल फेडेरेसनलाई सदस्यता दिने र इजरायलको संघ परिवर्तन गर्ने प्रस्ताव समेत पारित गरेको सो साधारणसभामा क्यानडाको मोटरसाइकल फेडेरेसनको सदस्यता खारेज प्रस्ताव भने असफल भएको छ।

महासंघको नेतृत्वमा मोटरसाइकल फाउण्डेसनको स्थापना गर्ने, राइडर्सको बीमाको लागि ग्लोबल्ली लबिङ गर्ने, वातावरण संरक्षण, महिला शसक्तिकरण र सडक सुरक्षामा विश्वव्यापी रुपमा सकृय हुने लगायतका निर्णय समेत साधारण सभाले गरेको छ।

कोभिड—१९ को कारण भौतिक र भर्चुअल दुवै माध्यमबाट सम्पन्न सो साधारण सभाले महसंघको रिक्त ३ कार्यसमिति सदस्यको निर्वाचनसमेत सम्पन्न गरेको छ जसमा स्पेनिस, कतारी तथा स्विडिस फेडेरेसनका उमेदवारहरु निर्वाचित भएका छन्।

आगामी विश्व साधारणसभा मोनाकोमा तथा एसियन साधारण सभा मकाओमा आयोजना गर्ने प्रस्ताव समेत पारित गर्दै २०२१ को लागि ‘मोटो जीपी’ देखि ‘इ–बाइक’ सम्मका दर्जनौं प्रतिस्पर्धा समेत घोषणा गरिएको छ।

नेपालको तर्फबाट राष्ट्रिय खेलकुद परिषदका बोर्ड सदस्य गोविन्द भट्टराई, नासा नेपालका सचिव(मोटरसाइक्लिङ्ग) सन्तोष न्यौपाने र सदस्य दिप्रस शाक्यले सो साधारणसभामा सहभागीता जनाएका थिए।

सिमित साधनश्रोतका बावजुद नासा नेपाल विश्वकै सकृय अटोमोवाइल र मोटरसाइकल फेडेरेसनमा गनिन्छ, जसले छोटो समयमै विश्वव्यापी पहिचान दिलाउन सफल भएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .