ad ad

अटो


भदौ १ गतेदेखि पोखराका सार्वजनिक बसमा ‘इ–टिकेटिङ’ लागू हुने

भदौ १ गतेदेखि पोखराका सार्वजनिक बसमा ‘इ–टिकेटिङ’ लागू हुने

नेपालखबर
साउन २१, २०७६ मंगलबार १०:१९,

भदौ १ गतेदेखि लागू हुने गरी पोखरा महानगरपालिकाले पोखराभित्र सञ्चालन हुने सार्वजनिक बसहरुमा ‘इ–टिकेटिङ’ लागू गर्ने भएको छ।

महानगरप्रमुख मानबहादुर जिसीले कास्की जिल्ला ट्राफिक कार्यालयलाई ट्राफिक कोण हस्तान्तरण गर्दै मंगलबार उक्त जानकारी दिएका हुन्। उनले भने, 'अबको छ महिनामा योजना तयार हुन्छ र योजनाअनुसार नै पोखरामा यातायात व्यवस्थापन गरिनेछ।' दक्षिण एसियाली खेलकुद (साग)लाई दृष्टिगत गरेर पोखराका चारवटा चोकमा ट्राफिक लाइट समेत जडान गरिनलागेको छ।

महानगरप्रमुख जिसीले यातायात सेवालाई व्यवस्थापन गर्न महानगरपालिकाले विस्तृत योजना बनाइरहेको पनि बताए। आगामी मंसिरभित्र सिर्जनाचोकमा आकाशे पुल बनिसक्ने र सागलाई नै ध्यानमा राखेर सहरका मुख्य ठाउँमा सिसिटिभी जडानको योजनासमेत बनाइएको उनले जानकारी दिए।

ट्राफिक व्यवस्थापन चुनौतीपूर्ण भए पनि सुधार गरेर लैजान महानगर लागिपरेको छ भन्दै महानगरप्रमुख जिसीले केही सडकमा एकतर्फी यातायात सञ्चालन गर्नुपर्ने आवश्यकता भएको पनि बताए। महानगरले उपलब्ध गराएको ४ सय ९६ थान ‘ट्राफिक कोण’ले ट्राफिक व्यवस्थापनमा सुधार ल्याउन सहयोग पुग्ने बताउँदै गण्डकी प्रदेश प्रहरी प्रमुख तथा प्रहरी नायव महानिरीक्षक विनोद शर्मा घिमिरेले जनशक्ति व्यवस्थापनमा ध्यान दिइरहेको बताए।

जिल्ला ट्राफिक कार्यालयका प्रमुख प्रहरी निरीक्षक मुरारी मिश्रले पोखरामा १ सय ट्राफिक प्रहरी कार्यरत रहे पनि ट्राफिक व्यवस्थापनलाई सहज बनाउन २ सय ५० जनशक्ति आवश्यक भएको बताए ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .