नेपाली बजारमा किया सेल्टोसले छोटो समयमै सर्वाधिक गाडी बिक्री गरेको छ। नेपाल भित्रिएको करिब १ वर्षमा हजार बढी गाडी कम्पनीले बिक्री गरिसकेको छ।
सेल्टोस कोरियन ब्राण्ड कियाको भारतमा उत्पादित पहिलो मोडल हो। कियाले २०१९ बाट भारतस्थित प्लान्टमा उत्पादन सुरु गरेको थियो।
नेपालका लागि किया गाडीको अधिकृत वितरक कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेज प्रालिले नाडा अटो शो २०१९ बाट सेल्टोसको बुकिङ सुरु गरेको थियो।
कम्पनीले गत वर्ष पुसमा आएको सेल्टोस राम्रो बिक्री हुँदा किया नेपाली बजारमा तेस्रो बढी बिक्री हुने ब्राण्ड भएको छ।
‘नेपाली ग्राहकले सेल्टोसको लुक र डिजाइन असाध्यै मन पराउनुभयो’, कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेजका एसिस्टेन्ट जनरल म्यानेजर अनिस लामिछानेले भने, ‘सेल्टोसको एयर प्युरिफायरलगायत फिचर्सले नेपालीको मन जित्यो।’

कियाको सेल्टोसमा पाउने १० इन्च स्क्रिन, बीओएसई म्युजिक सिस्टम, फ्रन्ट र ब्याक एलईडी लाइट, एअर प्युरिफायर, डी–कट स्टेरिङ, युभी ग्लासजस्ता विशेषता यही सेग्मेन्टका अन्य ब्रान्डमा नरहेको उनी बताउँछन्।
कियाको ब्राण्ड, फिचर्स, लुक मात्रै नभई भारतमा उत्पादन सुरु हुँदा ग्राहकमा विश्वास बढेको उनको भनाइ छ।
‘कोरियाबाट आयात गरी बिक्री गर्नुभन्दा भारतको प्लान्टमा उत्पादित गाडी नेपालमा बिक्री गर्न सजिलो हुन्छ’, लामिछानेले नेपालखबरसँग भने, ‘भारतमा उत्पादित गाडी भन्नेबित्तिकै सेल्टोसको रिसेल भ्यालुसमेत बढेको छ।’
पहिला कियाका सानो गाडी कोरियाबाटै आयात गर्नुपर्दा भारतीय कम्पनीसँग प्रतिस्पर्धा गर्न नसकेको कम्पनीको भनाइ छ। ग्राहकले बाहिरबाट आउने गाडीको पार्ट्स महंगो हुने र भारतबाट आउने गाडी सस्तो हुने बुझ्ने गरेको लामिछानेको भनाइ छ।
नेपाली ग्राहकले भारतमै प्लान्ट स्थापना हुँदा नेपालमा गाडीको निरन्तरता, गाडी तथा पार्ट्सको मूल्य कम हुने बुझाइकै कारण सेल्टोसको बिक्री बढेको कम्पनीले बताएको छ। सेल्टोसपछि भारतीय प्लान्टमै उत्पादिन किया सोनेटले नेपाली बजारमा १ महिनामै २५० बढी गाडी बिक्री गरेको दाबी गरेको छ।
सेल्टोस भारतमा बजारमा आएको १० दिनमै सर्वाधिक बिक्री हुने मिड–एसयुभी बन्न सफल भएको थियो। त्यसको सकारात्मक असर नेपालमा समेत परेको कम्पनीले बताएको छ।

मुख्य विशेषता
किया सेल्टोस डिजेल र पेट्रोल दुवै इन्जिनमा ६ वटा भेरियन्टमा उपलब्ध छ। यसका मुख्य विशेषताहरुमा एबीएस, इबीडी, डबल फ्रन्ट एयर ब्याग, सार्क फिन एन्टेना, फ्रन्ट र रियर फक्स स्किड प्लेट, फोर स्पिड साउन्ड सिस्टम, स्टेरिङ माउन्टेड कन्ट्रोल, रियर एसी भेन्ट, फलो मि होम हेडल्याम्प छन्।
गाडीमा एबीएस, इबीडी, डबल फ्रन्ट एयरब्याग, एलइडी हेडल्याम्प, एलइडी लाइट बार, एलइडी फग ल्याम्प, १७ इन्च आलोय ह्वील, एलइडी टेल ल्याम्प रहेको बताइएको छ।
एलईडी मुड लाइटेनिंगसँगै साउन्ड इफेक्ट, स्टेयरिंग माउन्टेड, अटोमेटिक ब्लुटुथ स्टेरियो, स्मार्ट कि सँगै अटोमेटिक पुश बटन, अटोमेटिक रिक्लाइङ रियर सिट, अटोमेटिक रियर एसीभेन्ट लगायत रहेको छ।

गाडीको पावर र मूल्य
सेल्टोस पेट्रोलमा दुई अप्सन १.५ लिटर टेक लाइन र १.४ लिटर टर्बोचाज्र्ड पेट्रोल इन्जिन तथा डिजेलमा १.५ लिटर टर्बोचाज्र्ड अप्सनमा रहेको छ।
डिजेल भेरिएन्टतर्फ यो कारको हर्सपावर ४ हजार आरपीएममा ११५ पीएस, अधिकतम टर्क १५ सयदेखि २७ सय ५० सम्म आरपीएममा २५० एनएम रहेको छ।
त्यसैगरी पेट्रोलतर्फ यो कारको हर्सपावर क्षमता ६ हजार आरपीएममा १४०पीएस÷११५ पीएस, अधिकतम टर्क क्षमता १५ सयदेखि ३२००र४५०० आरपीएममा २४२ एनएमर१४४ एनएम रहेको छ।
६ वटा भेरियन्टमा उपलब्ध रहेको सेल्टोसमा एचटीके प्लस ५३ लाख ४० हजार रहेको छ भने यसकै डिजेल इन्जिनमा ५७ लाख ९० हजार रहेको छ।
त्यस्तै एचटीएक्स ६० लाख ९० हजार रहेको छ भने एचटीएक्स प्लस ६६ लाख ९० हजार रहेको छ । एचटीएक्स आईभीटीको ६३ लाख ९० हजार हुँदा जीटीएक्स प्लस एटीको सबै भन्दाबढी ७६ लाख ९० हजार रहेको छ।
Shares

प्रतिक्रिया