अटो


फियाट क्राइस्लर र पुज्योटको मर्जर जनवरीमै सकिने

फियाट क्राइस्लर र पुज्योटको मर्जर जनवरीमै सकिने

नेपालखबर
पुस ७, २०७७ मंगलबार १०:२९,

अटो निर्माता फियाट क्राइस्लर र फ्रान्सेली कम्पनी पुज्योटबीचको मर्जर प्रक्रिया आगामी जनवरीमा पूरा हुने भएको छ । दुवै कम्पनीले यसको पुष्टि गरेका छन् ।

एजेन्सीहरूका अनुसार मर्जरपछिको कम्पनीको प्रमुख कार्यकारी अधिकृत फियाटकै सीईओ माइक म्यान्ले रहनेछन् । म्यान्ले यसअघि फियाट क्राइस्लरको चाइना र एसियाका लागि कार्यकारी उपाध्यक्ष रहेका थिए । कम्पनीका लागि उनले चिनियाँ बजार केन्द्रित गर्ने आर्किटेक्ट हुन् । उनी २०१८ मा फियाटको सीईओ बनेका हुन् ।

बजार विश्लेषकहरुले नयाँ कम्पनी स्टेलेन्टिसको नाममा हुनेछ भने यसले चिनियाँ बजार हिस्सा ओगट्न प्रयास गर्ने र ग्लोबल ब्रान्ड बन्ने प्रयास गर्नेछ । त्यस्तै पुज्योटले सन् १९९० यता अमेरिकामा नयाँ कारको बिक्री गरेको छैन । मर्जरपछि कम्पनी पुनः उत्तर अमेरिकी बजारमा प्रवेश गर्न सक्नेछ । दुई चर्चित कम्पनीबीचको मर्जर गत वर्ष घोषणा गरिएको थियो ।

यो वर्ष अन्तिमसम्म मर्जर पूरा हुने बताइए पनि केही ढिलाइ भएको बताइएको छ । गत सेप्टेम्बरमा कम्पपनीहरुले ३८ अर्ब अमेरिकी डलरको मर्जरले सन् २०२१ को तेस्रो त्रैमासिकमा मात्र पूर्णता पाउनसक्ने बताएका थिए । तर अहिले त्यो समयभन्दा अघि नै हुनसक्ने देखिएको छ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad