जीओ अटोमोबाईल्स प्रा.लि. (जीओ फोर्ड) फोर्ड गाडीको लागि नेपालको आधिकारिक विक्रेताले नयाँ फोर्ड इकोस्पोर्ट २०२१ संस्करण बुकिङ्ग खुल्ला गरेको छ। सन् २०१३ मा विक्री शुरुवात भएको र सन् २०१७ मा प्रमुख अद्यावधिक (ड्रयागन सीरीज इन्जिन जडित) फोर्ड इकोस्पोर्ट कम्प्याक्ट एसयूभी सेगमेन्ट/श्रेणी मा नै खेल परिवर्तकको रुपमा आएको थियो।
यसको शक्तिशाली प्रदर्शन, बहुमुखी प्रतिभा, क्षमता, परिस्कृत स्टाइल र उच्चतम प्रविधिले नेपालीको मन जितेको छ। यसले लगातार नयाँ सुविधाहरु र प्रविधिहरुको साथ आफ्नो श्रेणी/सेगमेन्ट नै पुनः परिभाषित गर्दै आएको छ।
फोर्ड इकोस्पोर्टमा ग्राहकको विश्वासको कारण मोडल २०२० सम्पूर्ण रुपमा विक्री भइसकेको तथा नयाँ मोडल २०२१ को लागि २०२० को मूल्यमा नै बुकिङ्ग खुल्ला गरिएको कम्पनीले जनाएको छ। यो योजना सिमित अवधिको लागि मात्र उपलब्ध हुनेछ।
सन् २०२१ संस्करण ईकोस्पोर्ट ‘भारत स्ट्याज भीआई (बीएस भीआई) मा आधारित पेट्रोल र डिजेल इन्जिनका साथ २०२० संस्करण मूल्यमा वुकिङ्ग खुल्ला गरिएको छ। यो गाडी ड्राइभिङ्गको लागि रमाइलो, शक्तिशाली र पेट्रोल/डिजेल इन्जिनको लागि विशिष्ट रोजाइ रहेको छ।
लाइन–अपमा फोर्डको नयाँ ३ सिलिन्डरयुक्त १.५लि. टी–भीसीटी पेट्रोल ईन्जिन समावेश छ। जसले १३३ पीएस पावर र १४९ एनएम टर्क प्रदान गर्दछ। पेट्रोल ईन्जिन पाँच स्पीड म्यानुअल ट्रान्समिशन र ६ स्पीड अटोमेटिक ट्रान्समिसनमा उपलब्ध छ।
ईकोस्पोर्ट डिजेलमा फोर्डको विश्वस्त र भरपर्दो बीएसभीआईमा आधारित १.५ लिटर डीसीआर्ए डिजल ईन्जिन रहेको छ जसले १०० पीएस पावर र २१५ एनएम टर्क के प्रदान गर्दछ र यो म्यानुअल ट्रान्समिशनमा उपलब्ध छ। यस ईकोस्पोर्टले आकर्षक वाहिरी बनावट, आरामदायी भित्री बनावट तथा स्टाइल लाई कायम राखेको छ। साथै यो सनरुफ जडित भेरियन्टमा पनि उपलब्ध छ।
२०२१ ईकोस्पोर्टमा ग्राहकहरुको लागि अतुलनीय सुरक्षा, आरामदायी सवारीका साथै हरेकपल कनेक्टेड रहन उच्चतम प्रविधिहरु जडान गरिएको छ।
चालक र यात्रीको सुरक्षाको लागि ६ वटा सम्म एयरव्याग रहेको छ।
यसको माथिल्लो मोडेलमा मनोरञ्जन तथा कनेक्टिभिटीको लागि ८ ईन्चको टचस्क्रीनयुक्त एसवाईएनसी३ सिस्टम, एप्पलकारप्ले तथा एण्ड्रोइड अटो अनुकुलतामा टप–इन लाइन इकोस्पोर्ट भेरियन्ट उपलब्ध छ।
९ ईन्च टचस्क्रीन–आधारित इन्फोटेनमेन्ट प्रणाली र सबैजसो भेरियन्टमा एम्वेडेड नेभिगेशन रहेको छ।
सवारी आरामदायी तथा सुविधाजनक बनाउन अरु धेरै उच्चतमप्रविधि जस्तै स्वचालित हेडल्याम्प, पुस बटन, स्टार्ट/स्टप, डिआर.एल (डे टाइम रनिङ लाइट) रेन सेन्सिङ्गवाइपर आदि,पाउन सकिन्छ।

प्रतिक्रिया