कोरोना महामारीका बीच भारतमा गत वर्षको तुलनामा १७.५ प्रतिशतले बढी बिक्री भएको छ। २०१९ अक्टोबर महिनाको तुलनामा २०२० को अक्टोबरमा करिब ५० हजार बढी प्यासेन्जर भेहिकल बिक्री भएका हुन्।
सन् २०२० को अक्टोबर महिनामा कुल ३ लाख ३३ हजार ७ सय ५९ थान कार बिक्री भएका छन्। गत वर्षको सोही महिनामा कुल २ लाख ८४ हजार ८ थान कार बिक्री भएका थिए। भारतीय अटो कम्पनीले नभेम्बर महिनामा दीपावली भएको हुँदा बजार अटोबजार अझै चलायमान हुने बताएका छन्।
अक्टोबरमा सबैभन्दा बढी गाडी मारुती सुजुकीले बिक्री गरेको छ। बजार हिस्साको ४९ दशमलव २ प्रतिशत ओगट्दा दोस्रोमा रहेको हुन्डाईले १६ दशमलव ९६ प्रतिशत रहेको छ।
एक महिनामा सुजुकीले १ लाख ६३ हजार ६ सय थान कार बिक्री गरेको छ। जुन अघिल्लो वर्षको सोही महिनामा बिक्री भएको १ लाख ३९ हजार १ सय २१ थानको तुलनामा १७ दशमलव ६ प्रतिशतले बढी हो।
त्यसैगरी हुन्डाईले १३ दशमलव १८ प्रतिशतले बजार बजार बढाउँदै गत वर्ष ५० हजार १० थान बिक्री गरेकोमा यो वर्ष ५६ हजार ६ सय बिक्री गरेको छ।
महिन्द्रालाई उछिनेर टाटा तेस्रो स्थानमा बनाउँदै २३ हजार ६ सय थान कार बिक्री गरेको छ। महिन्द्राले जम्मा १८ हजार ६ सय बिक्री गरेको छ। महिन्द्रालाई किया मोटर्सले समेत पछि पारेको छ। कियाले यो अवधिमा २१ हजार २१ थान कार बिक्री गरेको छ।
त्यसैगरी रेनो, फक्सवागन र निसानले बजार हिस्सा गुमाएका छन्। रेनोले गत वर्षको सोही अवधिमा कुल ११ हजार ५ सय १६ थान कार बिक्री गरेकोमा यो वर्ष ११ हजार ५ थान बिक्री गरेको छ। त्यसैगरी फक्सवागनले २ हजार ५४ थानमा सीमित भएको छ। निसानले ९ सय ८३ थान बिक्री गरेको छ।

प्रतिक्रिया