ह्वावेले २०२० को पहिलो तीन क्वाटरको कारोबारको नतिजा सार्वजनिक गरेको छ।
यस अवधिमा ह्वावेको राजस्व कमाई सीएनवाइ ६७१.३ अर्ब रहेको छ जुन गत वर्षको सोही अवधिको तुलनामा ९.९ प्रतिशतले वृद्धि भएको हो। यस अवधिमा कम्पनीको खुद नाफा ८.० प्रतिशतथियो । २०२० को पहिलो तीन क्वार्टरमा ह्वावेको व्यावसायिक परिणामले अपेक्षित नतिजा देखाएको कम्पनीले जनाएको छ।
विश्व कोभिड–१९ सँग लड्दै गर्दा ह्वावेकोे ग्लोबल सप्लाई चेन गहन दबाबको अधीनमा छ र यसको उत्पादन र संचालनले महत्वपूर्ण चुनौतिहरूको सामना गर्दछ। कम्पनीले लगातार समाधान खोज्न, बाँच्न र अगाडि बढ्न, र ग्राहक र आपूर्तिकर्ताप्रति आफ्नो दायित्वहरू पूरा गर्न पूर्ण कोसिस गरिरहेको विज्ञप्तिमार्फत जनाएको छ।
अगाडि बढ्दै जाँदा ह्वावेले आईसीटी प्रविधिहरू जस्तै एआई, क्लाउड, ५जी र कम्प्युटिङमा आफ्नो बल उपयोग गरी, परिदृश्यमा आधारित सोलुसनहरू प्रदान गर्न, उद्योग अनुप्रयोगहरू विकास गर्न प्रयास गर्ने छ र आफ्नो साझेदारहरूसँग ५जी नेटवर्कको भ्यालुको लाभ उठाउनेछ। यसको घोषित लक्ष्य भनेको उद्यमहरूलाई उनीहरूको व्यवसाय बढाउन र सरकार मार्फत घरेलु उद्योगको बृद्धि गर्न, घटकहरूलाई फाइदा पु¥याउन र समग्र शासन व्यवस्थामा सुधार गर्न मद्दत गर्नु हो।
आईसीटी आधुनिक समाजको आधारशिला र दिगो सामाजिक, आर्थिक र वातावरणीय विकासको मुख्य चालक बन्न पुगेको छ। ह्वावेलाई विश्वास छ कि आईसीटी उद्योग भित्र तीव्र र स्वस्थ विकास ग्लोबल उद्योगमा हुने खुला सहयोग र पारस्परिक विश्वासमा निर्भर गर्दछ। त्यसैले यो जटिल अवस्थाको बावजुद पनि ह्वावे आफ्नो वैश्विक साझेदारहरुसँग नजिकबाट कार्य गरिराख्ने छ र आफ्नो इनोभेटिव आईसीटी प्रविधिहरूको प्रयोगले ग्राहकहरुको लागि अझ ठूलो मूल्य सिर्जना गर्न जारी राख्नेछ। कम्पनीले महामारी प्रतीको कार्यहरु, आर्थिक वृद्धि, र सामाजिक प्रगति गर्न योगदान जारी राख्नेछ।
१९८७ मा स्थापित ह्वावे सूचना र सञ्चार प्रविधि (आईसीटी) पूर्वाधार र स्मार्ट उपकरणहरूको एक प्रमुख वैश्विक प्रदायक हो। यससँग १ लाख ९४ हजार भन्दा बढी कर्मचारीहरू छन् र १७० भन्दा बढी देश र क्षेत्रहरूमा कार्यरत छ। विश्वभरि तीन अर्ब भन्दा बढी मानिसहरूलाई सेवा प्रदान गरिरहेको जनाएको छ।
ह्वावे नेपाल २१ वर्षदेखि नेपाल आईसीटी उद्योगमा सेवा गर्दै आएको छ।
प्रतिक्रिया