अटो


दशैँ तिहार अफरः स्याङयोङ गाडीमा तीन लाखसम्म छुट

दशैँ तिहार अफरः स्याङयोङ गाडीमा तीन लाखसम्म छुट

नेपालखबर
असोज २७, २०७७ मंगलबार १४:२९,

नेपालको लागि स्याङयोङ मोटर्सको आधिकारीक बिक्रेता एवम् आईएमएस ग्रुप अन्तर्गतको, आईएमएस मोटर्सले दशैँ तिहारको अवसरमा ‘स्याङयोङ फेष्टिभ डिलाइट’ ल्याएको छ।

जहाँ ग्राहकहरूले यस अफरमा ३ लाख रुपैयाँसम्म छुट प्राप्त गर्न सक्नेछन्।

साथै, ग्राहकहरुले आफ्ना पुराना सवारीसँग एक्सचेन्ज गरेको बापत २ लाख रुपैयाँसम्म एक्सचेन्ज बोनस पनि प्राप्त गर्न सक्नेछन्। त्यसैगरी कम्पनीले कोभिड वारियर्सहरु (डाक्टरहरू, नर्सहरू, स्वास्थ्य सेवाकर्मीहरू र प्रहरीहरु) लाई थप १ लाख डिस्काउन्ट दिइनेछ।

साथै आइएमएस मोटर्स, स्याङयोङ्गले ग्राहकहरुलाई विभिन्न अफर प्रदान गरेको छ। जसमा एक वर्ष निःशुल्क बीमा, सात बर्ष सजिलो फाइनान्स, तीन वर्ष वारेन्टि, तीन वर्षसम्म निःशुल्क मर्मत लागत, रु. २५ हजार बराबरको निःशुल्क इएसेसरिज, निःशुल्क सर्भिसिङ्ग (रिफरल ग्राहकहरूको लागि २ बर्ष सम्म) लगायत रहेका छन्।

यस स्याङयोङ फेष्टिभ डिलाइट अफर २०७७ साल असोज २८ गते देखि कार्तिक २६ गते सम्ममात्र लागू हुने कम्पनीले जनाएको छ।

स्याङयोङ कोरियाको चौथौ ठूलो गाडीहरु उत्पाद गर्ने कम्पनी हो। सन् १९५४ देखि सुरुवात गरिएको यस कम्पनीको गाडीहरु आफ्नो आधुनिक स्टाईल अनि उत्कृष्ट प्रदर्शनको लागि चिनिने गर्दछन् जसको मुल कारण कम्पनीका दक्ष इन्जिनियरहरु हुन्। अन्य मोडलहरु जस्तै एसयूभीएस, पिकअप ट्रक, एमपीभीएस हेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .