नेपालका लागी एसकर्टस कन्स्ट्रक्सन इक्युइपमेन्टको आधिकारिक विक्रेता आइएमई अटोमोटिभ्स् प्रा. लि. ले एसकर्टस मेसिन खरिदका लागि दशैँ तिहारमा विशेष अफर ल्याएको छ।
सो अफर अन्र्तगत कुनै पनि एसकर्टस मेसिनको खरिदमा अब ग्राहकले यासुदा ब्राण्डको होम एप्लिकेसन प्याकेज पाउनुको साथै थप डिस्काउन्ट पनि पाउनेछन्।
आइएमई अटोमोटिभ्सले यो अफर दशैँ तिहार र छठ पर्व लाई लक्ष्ति गरि बजारमा ल्याएको कम्पनीले जनाएको छ। विशेष प्याकेजका साथै कम्पनीले फाईनान्सको सुविधाको पनि ब्यवस्था गरेको छ। अहिलेको विषम परिस्थितीमा फाईनान्सको सुविधाले ग्राहकहरुलाई अझ सहज हुने कम्पनीले जनाएको छ।
एसकर्टस ब्राण्डपिक एण्ड क्यारी क्रेन नेपालमा सर्वाधिक लोकप्रिय र सर्वाधिक बिक्री हुने मेसिन हो साथै ब्याको लोडर, रोलर र कम्प्याकटर लगायतका मेसिनहरुको उत्पादन पनि बजारमा छन्। कम इन्धन खपत, मर्मत खर्च कम र उत्कृष्ट कार्यक्षमताले यो मेसिनहरु नेपालमा धेरै बिक्रि हुने गरेका छन्।
एसकर्टसले बिक्रीलाई मात्र नभइ बिक्री पछिको सेवालाई जोड दिँदै नेपालको बजारमा राम्रो स्थान बनाउन सफल भएको हो।
Shares

प्रतिक्रिया