सवारीसाधन निर्माता निशानले आजदेखि ‘फ्रि सर्भिस क्याम्प’ सुरु गरेको छ। कम्पनीले ग्राहकलाई आकर्षक अफर समेत गरेको छ।
१६ गतेसम्म चल्ने क्याम्पमा निःशुल्क रुपमा कारहरुको चेकअप, टप वास, लेबर चार्ज र स्पेयर पार्टपुर्जामा २० प्रतिशतसम्मको छुट समेत दिने कम्पनीले जनाएको छ। कम्पनीका अनुसार विभिन्न एसेसरिजहरुमा ३० प्रतिशत छुट समेत दिइएको छ।
त्यस्तै बाढी प्रभावित सवारीसाधनको बीमा दाबीमा सहयोग गर्नेलगायतका अफरहरु कम्पनीले ल्याएको छ।
3
Shares

प्रतिक्रिया