ad ad

अटो


बजाजले नेपालमा ल्यायो नयाँ एभेन्जर स्ट्रीट १६० एबीएस

बजाजले नेपालमा ल्यायो नयाँ एभेन्जर स्ट्रीट १६० एबीएस

नेपालखबर
असोज १५, २०७७ बिहिबार ११:३७,

बजाज मोटरसाइकलका लागि अधिकृत वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि.ले आज नेपालमा नयाँ एभेन्जर स्ट्रीट १६० एबीएस भित्र्याएको छ।

नयाँ एभेन्जर स्ट्रीट १६० स्पोस्टर डिजाइनमा आएको र शहरका लागि केहि भिन्न रुपमा देखा पर्नेहरुका लागि बनाइएको कम्पनीले जनाएको छ। यसमा रोडस्टर डिजाइनको हेडल्याम्प छ र एलईडी डीआरएलका साथ यसले दीर्घकालिन छाप सिर्जना गर्दछ। साथै यसमा शहर र हाईवेका लागि सहज गतिशीलता प्रदान गर्न स्ट्रीट कन्ट्रोल ह्यान्डलबारहरु पनि छन्।

यो १६०सीसी डीटीएस-आई इन्जिनद्वारा सञ्चालित छ जसले १६०ः१५ पीएस पावर र १३.५ एनएम टर्क उत्पादन गर्दछ। यसले ५-स्पीड म्यानुअल ट्रान्समीसन पनि प्रयोग गर्दछ।

सुरक्षाका लागि बजाज एभेन्जर स्ट्रीट १६० अगाडि २८० एमएम डिस्क ब्रेक र पछाडी भागमा १३० एमएम ड्रम ब्रेकको साथ आउँदछ। ब्रेकका इकाईहरु मानकको रुपमा एकल च्यानल एबीएस सँगै छन्।

चालकको आरामको लागि यो लामो स्लंग, लामो सिट र अद्वितीय विस्तारीत फुटरेस्ट स्थानमा साथ आउँदछ। नयाँ एभेन्जर स्ट्रीट १६० स्पाईसी रेड र इबोनी ब्ल्याक कलर भेरियन्टमा शुरुवाती मुल्य रु तीन लाख १९ हजार ९०० रुपैयामा पर्दछ। यो असोज १५ गतेदेखि देशभर उपलब्ध हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .