ad ad

अटो


‘युथ फोर रोड सेफ्टी’ले अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा अन्तर्क्रिया कार्यक्रम गर्ने

‘युथ फोर रोड सेफ्टी’ले अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा अन्तर्क्रिया कार्यक्रम गर्ने

नेपालखबर
साउन २८, २०७७ बुधबार ६:४६,

अन्तर्राष्ट्रिय युवा सम्मेलन २०२० को अवसरमा बिहीबार युथ फोर रोड सेफ्टी इन नेपालले राम्रो भविष्यका लागि युवाशक्ति विषयक अन्तर्क्रिया कार्यक्रम आयोजना गर्ने भएको छ।

अनुमानित ६० बढीको उपस्थिति हुने अपेक्षा गरिएको सो कार्यक्रम नेपाल अटोमोबाइल्स एसोसिएसन, नासा फाउन्डेसन, स्वतन्त्रता अभियान नेपाल लगायत संस्थाको संयोजनमा आयोजनमा हुनलागेको हो।

कार्यक्रम अनलाइन एप जुममार्फत हुनेछ। यसको मूल नारा ‘युथ इन्गेजमेन्ट, सेफर मोबिलिटी र कप्यासिटी बिल्डिङ’ रहेको आयोजकले जनाएको छ।

कार्यक्रममा मुख्य वक्ताका रुपमा राष्ट्रिय बाल अधिकार परिषदका कार्यकारी निर्देशक मिलन राज धरेल हुनेछन् भने वक्ताका रुपमा वरिष्ठ इ. बाबुराम गुरुङ्ग र भावना भट्ट हुनेछिन्।

त्यस्तै, विद्यार्थी आत्मीय सिलवाल, हेमलता पन्त, प्रकृति अर्यालले प्रस्तुति गर्ने सो कार्यक्रमको सञ्चालन रसिका अधिकारीले गर्नेछिन्।

युथ फोर रोड सेफ्टी इन नेपाल, नासा नेपालद्वारा ३ वर्षअघि सञ्चालित देशव्यापी अभियान हो जसले नेपालको सडक सुरक्षासम्बन्धी क्षेत्रमा युवाहरुको संग्लनताको लागि विगत केही वर्षदेखि स्थानीय तहबाटै क्रियाशील भई कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .