अटो


राखेपका नवनियुक्त पदाधिकारीलाई नासाको बधाई, खेलकुदमा सहयोग गर्ने प्रतिबद्धता

राखेपका नवनियुक्त पदाधिकारीलाई नासाको बधाई, खेलकुदमा सहयोग गर्ने प्रतिबद्धता

नेपालखबर
साउन २२, २०७७ बिहिबार ९:३८,

नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा) ले राष्ट्रिय खेलकुद परिषदका नवनियुक्त पदाधिकारीहरुलाई बधाई तथा शुभकामना दिएको छ।

राखेपका उपाध्यक्ष शिव कोइराला, सदस्य सचिव रमेश सिलवाल र सदस्य गोविन्द भट्टराई, सुवास श्रेष्ठलाई कार्यकालको शुभकामना दिँदै नासले बधाई ज्ञापन कार्यक्रम आयोजना गरेको हो।

खेलकुद परिषदको हलमा आयोजना भएको कार्यक्रममा नासा नेपालका महासचिव आशिष गजुरेलले बधाई पत्र बाचन गरे भने अध्यक्ष दशरथ रिसाल, उपाध्यक्ष सुशील तण्डुकार, सचिव निरज खडका क्षेत्री, अनिल बराल लगायतले संयुक्त रुपमा बधाईपत्र हस्तान्तरण गरे।

सो पत्र स्वीकार्दै सदस्य सचिव रमेश सिलवालले पर्वतीय तथा शाहसिक खेलकुदको मध्यमबाट दिगो पर्यटकीय खेलकुद गतिविधिलाई प्रोत्साहन गर्दै आगामी २०२२ मा ‘एडभेन्चर स्पोर्टस् फेस्टिभल’ समेत आयोजना गर्ने प्रतिबद्धता व्यक्त गरे।

nasa-rakhepa1.jpg

त्यस्तै, उपाध्यक्ष कोइरालाले बिगतमा खेलकुदको क्षेत्रमा भएका कमि कमजोरी तथा त्रुटीलाई औँल्याउदै सुधारका लागि आवश्यक कदम अगाडि बढाई दिगो खेलकुदको विकास गरि, नेपालको भौगोलिक अवस्था अनुसारको खेललाई जोड गरि नेपालको साहसिक तथा पर्यटकीय खेलकुद क्षेत्रमा नयाँ आयाम थप्ने बताए।

साथै, बोर्ड सदस्य गोविन्द भट्टराईले नेपालमा दिगो खेलकुद गतिविधिहरुको अध्ययन तथा कार्यक्रम संचालनमा जोड दिनुका साथै खेलकुद मार्फत खेलकुद मार्फत दिगो विकास लक्ष्यको लागि सहकार्य गर्ने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad