उत्पादनको गुणस्तरले कुनै पनि कम्पनीको ब्रान्ड प्रवर्द्धन गर्छ। अझ भनौँ कम्पनीलाई विश्व ब्रान्डमा स्थापित गरिदिन्छ। जर्मन सवारीसाधन निर्माता फक्सवागनले वर्षौँदेखि पाएको सफलताको कारण पनि यही नै हो।
फक्सवागनका उत्पादनहरुले पावर, सेफ्टी र पर्फमेन्स अर्थात् शक्ति, सुरक्षा र उच्चतम प्रस्तुतिमा विश्वकै विश्वास जितेका छन्। यहाँ चर्चा गर्न खोजिएको उक्त कम्पनीको प्रिमियम हचब्याक ‘पोलो’ कारको हो। विश्वमा यो धेरै रुचाइएको कारमध्ये एक हो।
सन् १९७५ देखि फक्सवागनले पोलोको उत्पादन सुरु गरेको थियो। उत्पादन गुणस्तरीय भएमा त्यसले कम्पनीको उचाइलाई कहाँसम्म पुर्याउँछ भन्ने यसले पुष्टि गरेको छ। कम्पनीको पोलो कार हाल छैठौं पुस्तामा आइपुगेको छ। धेरै रुचाइएकै कारण पोलोको लोकप्रियता चुलिएकोमा दुई मत छैन।
नेपालमा कम्पनीका सबैभन्दा बढी बिक्री हुनेमा ‘पोलो’
यो कार फक्सवागनको नेपालमा सबैभन्दा बढी बिक्री हुनेमा पर्छ। सन् २०१० देखि नेपालमा पुजा इन्टरनेशनलले अधिकृत बिक्रेताको रुपमा फक्सवागनका गाडीहरु बिक्री गरिरहेको छ। त्यसअघि अन्य कम्पनीले आयात गरी बिक्री गर्दै आएका थिए ।

नेपालमा सन् २०१४ सम्म कम्पनीका गाडीको पार्टपुर्जा सिंगापुरबाट ल्याउनुपथ्र्यो। त्यसो गर्दा केही महंगो थियो। कम्पनीका गाडी खरिद गर्नेहरुले जर्मनीको गाडी भन्दै किन्ने गर्थे तर सर्भिस चार्ज महंगो भएका गुनासा पनि आउँथे।
पछि पुजा इन्टरनेशनलले भारतबाटै गाडीको पार्टपुर्जा ल्याउनथाल्यो। यसले गाडीका पार्टपुर्जाको मूल्य ह्वात्तै घटाइदियो। भारतमा जनशक्ति सस्तो हुँदा पार्टपुर्जा उत्पादन पनि सस्तो पर्न गयो। भारतमा पनि सिंगापुरकै स्ट्यान्डर्डमा उत्पादन हुने भएकाले गुणस्तरमा कहिल्यै प्रश्न उठेन। पहिले र अहिलेको तुलनामा पार्टपुर्जाको गुणस्तरमा तलमाथि पर्दैन।
अरुभन्दा सस्तो सर्भिसिङ : समय र पैसा दुवै बचत
बजारमा भएका अन्य गाडी ३५ सयदेखि ५ हजार किमि गुडेपछि सर्भिसिङ गर्नुपर्छ। ती गाडीको सर्भिसिङ चार्ज करिब ५ हजार हाराहारीमा पर्छ। तर फक्सवागनको पोलो भने १५ हजार किमि गुडेपछि मात्रै सर्भिसिङ गर्दा हुन्छ। यसको सर्भिसिङ शुल्क करिब ९-१० हजार हाराहारीमा पर्छ। त्यसकारण सर्भिसिङ महंगो भयो भन्न सुहाउँदैन।

किनभने बजारका धेरै गाडी १५ हजार किमि गुडेपछि तीनपटक सर्भिसिङ गर्छन्। जसको लागि करिब १५ हजार खर्च हुन्छ। तर फक्सवागन पोलो १५ हजार किमि गुड्दा एकपटक सर्भिसिङ गरे पुग्छ। त्यसको खर्च पनि करिब १० हजार तिरे पुग्छ। यस अर्थमा पनि पोलो गाडी चढ्नेलाई बारम्बार सर्भिस सेन्टर धाउनु नपर्ने र सर्भिस शुल्क अन्यको तुलनामा ५ हजार सस्तो पर्न जान्छ।
पुजा इन्टरनेशनलले फक्सवागनका गाडी सर्भिसिङको लागि काठमाडौंमा मात्रै तीनवटा सर्भिस सेन्टर स्थापना गरेको छ। फक्सवागन प्रयोगकर्ताले सर्भिस सेन्टर जाँदा लामो समय कुर्नुपर्ने अवस्था छैन। त्यस्तै पूर्वदेखि पश्चिमसम्मका मुख्य सहरहरुमा फक्सवागनका डिलर छन्, जहाँबाट पनि सर्भिसिङको सुविधा उपलब्ध छ।
त्यस्तै दक्ष जनशक्तिले सेवा उपलब्ध गराउँछन्। फक्सवागनका जनशक्तिको लागि सिंगापुरको फक्सवागन कार्यालयले तालिम दिँदै आएको छ। त्यसकारण बारम्बार सर्भिस गर्नु नपर्ने र जनशक्ति पनि राम्रो भएकाले फक्सवागन प्रयोगकर्ताले धेरै फाइदा उठाउन सक्छन्।
प्रतिकूल अवस्थामा ग्राहकलाई राम्रो ‘अफर’
कोभिड १९ को महामारीका कारण नेपालमा पनि करिब ३ महिना आर्थिक क्रियाकलाप ठप्प भएको अहिलेको अवस्थामा पोलो खरिदकर्ताले मासिक १० हजार किस्ता तिर्नसक्ने अफर ल्याइएको छ। हाल पोलो गाडी किन्नेले २९ लाख ४५ हजार रुपैयाँ तिर्नुपर्छ।

नेपाल राष्ट्र बैंकको नीतिअनुसार ग्राहकले सुरुमा गाडीको ५० प्रतिशत पैसा तिर्नैपर्छ। त्यसपछि मासिक करिब २७ हजारमध्ये १ वर्षसम्म १७ हजार कम्पनीले नै तिरिदिने र ग्राहकले १० हजार मात्रै बुझाए पुग्ने अफर कम्पनीले ल्याएको कारण यसले इच्छुक खरिदकर्तालाई ठूलो सहयोग पुग्छ।
एक वर्षपछि भने ग्राहकले मासिक २७ हजारकै दरले गाडीको किस्ता तिर्नुपर्छ। ६ वर्षसम्ममा किस्ता तिर्दा १०.२५ प्रतिशत ब्याज पनि तिर्नुपर्छ।
फक्सवागनले ल्याएको यो स्किममा अहिले धेरैले चासो समेत देखाएको र बुकिङ पनि भइरहेको कम्पनीले जनाएको छ।
पोलोका मुख्य विशेषताहरु
सर्वाधिक सुरक्षित, न्यूनतम मर्मतसम्भार खर्च, उच्च रिसेल भ्यालु, अत्यधिक माइलेज र आरामदायी यात्राका लागि पोलो कारपारखीको मुख्य रोजाइ हो। यसको पर्फरमेन्स र ग्राहकको सन्तुष्टिसम्बन्धी रिसर्च तथा विश्लेषण गर्ने ‘जेडी पावर’बाट फक्सवागनको पोलोले ग्राहक सन्तुष्टिमा लगातार ३ वर्षसम्म अवार्ड समेत पाइसकेको छ। त्यस्तै ग्लोबल एन क्याप रेटिङमा फोर स्टार पाएको पोलो सुरक्षामा अब्बल ठहरिएको छ।

पोलोको ट्रेन्डलाइन, कम्फर्ट लाइन र हाइलाइन अर्थात् टीएल प्लस, सीएल र एचएलतर्फ १एल एमपीआई इन्जिन, ३ सिलिन्डर, ९९९ सीसी, फाइभ स्पिड म्यानुअल रहेको छ। यसले ६२ सय आरपीएममा ७६ (५६) म्याक्सिमम पीएस(केडब्लु) पावर उत्पादन गर्छ। यसको टर्क क्षमता ३०००–४३०० आरपीएममा ९५ एनएम रहेको छ।
त्यस्तै इलेक्ट्रोनिक पावर स्टेरिङ, ४.९७ टर्निङ रेडियस, अगाडि डिस्क र पछाडि ड्रम ब्रेक रहेको छ। टायर एण्ड ह्विलमा ट्रेन्डलाइन र कम्फर्टलाइनमा क्रमशः टीएल१७५/७० आर१४ (स्टिल) र सीएल १८५/६० आर१५ (स्टिल) तथा हाइलाइनमा एचएल १८५/६० आर१५ (अलोय) रहेको छ।
आकारको कुरा गर्दा ३९७१ एमएम लम्बाइ, १६८२ एमएम चौडाइ र १४६९ एमएम उचाइ छ। पोलोको ह्विलबेस २४६९ एमएम तथा अगाडि र पछाडि ट्र्याक १४६०/१४५६ एमएम रहेको छ। गाडीको न्यूनतम ग्राउन्ड क्लियरेन्स १६८, बुटस्पेस २९४ लिटर र इन्धन ट्यांकी ४५ लिटरको रहेको छ।
त्यस्तै सबै पोलोमा एयर कन्डिसनिङ, हाइट एडजस्टेबल ड्राइभर सिट, स्पिड सेन्सिटिभ इलेक्ट्रोनिक पावर स्टेरिङ, स्पिड सेन्सिङ अटो डोर लक, रियर पार्किङ क्यामरा, सबै पावर विन्डोज, लेन चेन्ज इन्डिकेटरलगायत छन्।
अत्याधुनिक सुविधायुक्त इन्टेरियर, सुरक्षित प्रविधिहरु अगाडि दुवै एयरब्याग, एबीएस अर्थात् एन्टिलक ब्रेकिङ प्रणाली, फग ल्याम्पलगायत तथा टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टमलगायतका सुविधा यसमा छन्। एक्सटेरियरतर्फ गाल्भानाइज्ड बडी, डुअल बिम हालोजेन हेडल्याम्प, वाइडस्क्रिन हिट इन्सुलेटिङ ग्लास, टर्न इन्डिकेटरयुक्त डोर मिरर, हेड ल्याम्पलगायतले पोलो निकै आकर्षक छ।

प्रतिक्रिया