अटो


फोर्डले ल्यायो विशेष अफर

फोर्डले ल्यायो विशेष अफर

नेपालखबर
असार १२, २०७७ शुक्रबार १६:७,

नेपालका लागि फोर्डको आधिकारिक विक्रेता जि.ओ. अटोमोवाइल्स् प्रा.लि.ले उपभोक्ताको सन्तुष्टिलाई ध्यानमा राख्दै पछिल्लो ‘बीएस ६ कम्प्लेन्ट फोर्ड २०२०’ विशेष अफर ल्याएको छ।

यस अन्तर्गत ग्राहकले १०वर्षसम्मको फाइनान्स सुविधा, ३० प्रतिशत डाउन पेमेन्ट, स्थगित भुक्तानी सुविधा, परिवारको लागि कोभिड बीमा सुविधा, विशेष नगद छुट, एक वर्षको बीमा, एक्सचेञ्जको सुविधा, लोएल्टी वोनसका साथ ३ वर्ष वारेन्टी, ३ वर्षको निशुल्क सर्भिसिङका साथ अन्य सुविधा उपलब्ध गराएका छन्।

१० वर्षको फाइनान्स सुविधाले ग्राहकलाई भुक्तानी गर्न पर्याप्त समय दिन्छ साथै मासिक किस्ता कम हुने गर्दछ। कम्पनीको अनुसार अहिले यो अफर नेपाली बजारमा सबैभन्दा राम्रो हो किनकी फोर्डको २०२०मा बनेका बीएस ६ अन्तर्गत गाडीमा यो अफर मान्य छ।

जि.ओ अटोमोवाइल्सले फोर्ड अनलााइन शोरुम पनि सञ्चालन गरिरहेको छ, जहाँ ग्राहकले सो–रुम नआइकनै अनलाइन मार्फत चाहेको सवारी साधनको विशेषताहरु बुझ्न तथा हेर्न सकिन्छ। सो–रुममा रहेका प्रतिनिधिसँग अनलाइन सबै बुझ्न सकिन्छ र यसको सहायताले ग्राहकलाई आफ्नो रोजाईको गाडी खरिद गर्न सम्भव बनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad