विद्युतीय कारनिर्माता टेस्ला छोटो समयका लागि भए पनि संसारकै धेरै मूल्यवान् कार कम्पनी बनेको छ। बुधबार कम्पनीको सेयर अहिलेसम्मकै उच्च वृद्धिपछि जापानी चर्चित कार निर्माता टोयोटालाई पछि पारेको हो।
टेस्ला चर्चित अर्बपति एलन मस्कको कम्पनी हो। कम्पनीको सेयर ७.६ प्रतिशतले बढेर प्रतिकित्ता १ हजार डलर नाघेपछि १ दिनभित्रै १ खर्ब ८९ अर्ब डलरको बजार पुँजीकरण भएको हो।
गत केही महिनायता कम्पनीको सेयर उकालो लागिरहेको थियो। तर बुधबारको सेयर मूल्यवृद्धिपछि टोयोटा पनि पछि परेको हो। छोटै समयको लागि भए पनि टेस्लाले टोयोटालाई उछिन्न सफल भएको हो। टोयोटाको बुधबारको बजार पुँजीकरण १ खर्ब ८२ अर्ब डलरको थियो।
बुधबारको अप्रत्याशित अवस्थाले टोयोटालाई नम्बर १ कारमेकरबाट टेस्लाले पछि पार्न लामो समय कुर्नु नपर्ने देखिएको छ। अझ तीतो सत्य त १० वर्षअघि टोयोटाले टेस्लामा ५ करोड डलर लगानी समेत गरेको थियो। पछि उसले आफ्नो सेयर बेचेर नाफा आर्जन गरेको थियो।

प्रतिक्रिया