अटो


आपत्कालीन अवस्थामा प्रयोग हुने सवारीसाधनलाई सुजुकीको एक्सप्रेस सर्भिस

आपत्कालीन अवस्थामा प्रयोग हुने सवारीसाधनलाई सुजुकीको एक्सप्रेस सर्भिस

नेपालखबर
बैशाख १४, २०७७ आइतबार ११:०,

नेपालका लागि सुजुकी ब्रान्डका गाडीको आधिकारिक विक्रेतातथा सीजीहोल्डिंग्स्को अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले आपतकालीन स्वास्थ्यसेवा, एम्बुलेन्स, खाद्य आपूर्ति र सुरक्षामा प्रयोग हुने सवारीसाधनको एक्सप्रेस सर्भिस सुचारु गरेको छ।

कम्पनीले यो सेवा सुचारु गर्दा नेपाल सरकारले जारी गरेको सुरक्षाका सबै प्रोटोकलहरुको पालना गर्नेछ ।

‘यो संकटको समयमाआपतकालीन स्वास्थ्य सेवा, एम्बुलेन्स र सुरक्षा संयन्त्रका गाडीहरु विना समस्याचल्नदिनु हाम्रो जिम्मेबारी हो । र,यसकालागिहाम्रोे प्राविधिक र सर्भिसिङको दक्ष टोली सुरक्षाप्रोटोकलको पालना गरेर तत्पर अवस्थामा छ,’ सीजीमोटोकर्पल भनेको छ ।

धोबीघाटस्थित कम्पनीको सर्भिस सेन्टरबाट लकडाउन अवधिमा एक्सप्रेस सर्भिस सुरु गरेको हो । साथै, कम्पनीको सञ्जालमा रहेका अन्य सर्भिस सेन्टरमा पनिजतिसक्दो चाँडो यो सेवा सुरु गरिनेछ ।

कम्पनीले सुजुकी गाडीसम्बन्धी कुन ैपनि जिज्ञासाको जवाफदिनकम्पनीले सर्भिस हटलाइन नम्बर ९८०१५७१५७१ समेत संचालनमा ल्याएको छ ।

कम्पनीले देशभर रहेका ३९ वटा सर्भिस सेन्टरमार्फत सुजुकीकाग्राहकलाई निरन्तर सम्पर्क गर्नुका साथै कुनै पनि समयमा उपलब्ध हुने प्रबन्धमिलाइएको छ । ग्राहकले सुजुकीको आधिकारिक फेसबुक पेजमार्फत समेत सम्पर्क राख्न सक्ने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad