ad ad

अटो


लकडाउनमा सय बढी अत्यावश्यक सवारीसाधनलाई सिप्रदीको सेवा

लकडाउनमा सय बढी अत्यावश्यक सवारीसाधनलाई सिप्रदीको सेवा

नेपालखबर
चैत ३०, २०७६ आइतबार ७:१,

नेपालमा टाटा मोटर्सको अधिकृत वितरक सिप्रदी ट्रेडिङ प्रालिले देशमा चलिरहेको लकडाउनमा सयभन्दा बढी अत्यावश्यक प्रयोजनका सवारीसाधनलाई सेवा दिएको छ।

कम्पनीले शुक्रबारसम्म उक्त संख्यामा एम्बुलेन्स, आकस्मिक स्वास्थ्य सेवा तथा सुरक्षामा खटिएका सवारीसाधनलाई सेवा दिएको हो।

कम्पनीका अनुसार हालसम्म १ सय ६० वटा भन्दा बढी सवारीसाधनहरुलाई पूर्ण सेवा दिइएको छ।

‘सिप्रदी आफ्ना ग्राहक, कर्मचारी, डिलर, रिटेलर, प्राविधिक र समुदायको सुरक्षाकानिम्ति सदैव सजग छ र जस्तोसुकै विषम परिस्थितिमा सेवा प्रदान गर्ने हाम्रो प्रतिबद्धताअनुरुप हामी सेवा प्रदान गर्न तत्पर छौँ’, कम्पनीले विज्ञप्तिमा भनेको छ।

सरकारद्वारा जारी गरिएका नियमपालना गरी आफ्नो आधिकारीक बिक्रेता, सेवा केन्द्रहरु, सहकर्मी तथा कर्मचारीहरु चौबीसै घण्टा राष्ट्रका सेवक तथा ग्राहकहरुलाई सेवा दिन तयार रहेको कम्पनीले जनाएको छ।

यस विषम परिस्थितिमा २५ विभिन्न स्थानबाट सेवा दिइरहेको कम्पनीको भनाइ छ।

केही परिआएको अवस्थामा १६६००१५५७७७ वा ९८०१५७५७७७मा सम्पर्क गर्न समेत कम्पनीले अनुरोध गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .