अटो


कोरोनाको डरः सवारीसाधनले सिट क्षमता भन्दा बढी यात्रु बोके कारबाही

कोरोनाको डरः सवारीसाधनले सिट क्षमता भन्दा बढी यात्रु बोके कारबाही

नेपालखबर
चैत ५, २०७६ बुधबार १२:७,

सरकारले सार्वजनिक सवारीसाधनहरुमा सिट क्षमता भन्दा बढी यात्रु ओसार पसार नगर्न भनेको छ।

कोरोना संक्रमण नियन्त्रणको लागि उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको उच्चस्तरीय समितिले सार्वजनिक यातायातमा सीट क्षमता भन्दा बढी यात्रु ओसारपसार रोक्ने निर्णय गरेको हो।

यातायातको अवस्थाबारे नियमन नेपाल प्रहरीले गर्ने निर्ण निर्णय गरिएको छ। सरकारले सर्वसाधरणलाई समेत भिडभाड गरी यात्रा नगर्न अनुरोध गरेको छ।

‘सार्वजनिक यातायातका सवारी धनीलाई यातायात चलाउनु अघि प्रत्येक दिन समय समयमा सवारीसाधनलाई निर्मलीकरण गर्न लगाउने’ निणर्यमा उल्लेख छ। यसको नियमन यातायात व्यवस्था विभाग र नेपाल प्रहरीले गर्ने बताएको छ।

त्यस्तै, होटल रेष्टुरेन्ट तथा सपिङ महलका सञ्चालकहरुलाई हात सफा गर्ने लगाएत सफाईका सामाग्रीहरुको प्रवन्ध गरी टेवल, कुर्सी, बार–रेलिङ्ग र शौचालय आदी स्थानहरुमा नियमित रुपमा निर्मलीकरण गर्न लगाउने निर्णय गरेको छ।

उक्त सेवा केन्द्रले तापक्रम मापन गर्ने उपकरण तथा सामाग्रीको व्यवस्था गरी ति स्थानमा प्रवेश गर्ने व्यक्तिहरुको स्वास्थ्य जाँच गर्नुपर्ने निर्णयमा उल्लेख छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad