ad ad

अटो


फोर्ड एन्डेभर २०२० संस्करण नेपाली बजारमा

फोर्ड एन्डेभर २०२० संस्करण नेपाली बजारमा

नेपालखबर
फागुन १५, २०७६ बिहिबार १५:४४,

फोर्डको नेपालका लागि आधिकारिक विक्रेता जीओ अटोमावाइल्सले फोर्ड एन्डेभरको २०२० मोडलको गाडी नेपाली बजारमा ल्याएको छ। बीएस–६ प्रदुषण नियन्त्रणमा आधारित २०२० एन्डेभर ४ह्४ टाइटेनियम प्लस भेरियन्ट नेपाली बजारमा उतारेको हो।

विश्वको पहिलो १०–स्पीड स्वचालित ट्रान्समिशन भएको यस गाडीमा नयाँ २.० लिटर ईकोब्लू डीजेल इन्जिन राखिएको छ। यसले १७० पीएस पावर र ४२० एनएम टर्क पैदा गर्छ र यो अफरोड तथाउपरखापड सडकमा पनि सजिलैसँग चलाउन सकिन्छ।

उत्कृष्ट पर्फरमेन्स र अनुकूलमूल्यका साथ नेपालमा यो कार भित्रिएको कम्पनीले जनाएको छ। विश्वको पहिलो १० स्पीड स्वचालित ट्रान्समिशनयुक्त यो कार सेलेक्ट सिफ्ट® टेक्नोलोजीयुक्त सेग्मेन्टको पहिलो गाडीहो साथै चाहेको दायरामा रहेरगियर लक गने सुविधापनियसमा रहेको छ।

पूर्ण सुरक्षा मापदण्ड पूरा गरि निर्माण गरिएको यो कार सुरक्षाका दृष्टिकोणले उत्कृष्ट छ। यसमा सात एयरब्याग, भूमिव्यवस्थापन प्रणाली जडान गरिएको छ। यसले गाडी भित्रको ध्वनिको उत्सर्जनलाई कमगर्ने प्रविधिको पनिप्रयोग गरिएको छसाथैआरामदायी, समानान्तर पार्क सहायतालगायतका फिचरहरू यसमा राखिएका छन्।

१४ प्रतिशतसम्म इन्धन खपतमा सुधार गरिएका, शक्तिशाली अफरोड क्षमता, सस्तो सर्भिसिङ्ग सेवा, उत्कृष्ट पर्फरमेन्सका साथ२०२०एन्डेभर एसयूवी सेग्मेन्टमा नेपालमा आफ्नो छुट्टै प्रभूत्व स्थापित गर्ने आशा राखेको छ। एसयूवी चालकले अपेक्षा गरेभन्दा बढी सुविधाहरू भएकाले एसयूवी पारखीहरुको यो पहिलो रोजाइ बन्नेमा कम्पनी विश्वस्त छ।

डिजेल गेम चेंन्जर – अल न्यू फोर्ड २.० लिटर ईको ब्लू इन्जिन
२०२० फोर्ड एन्डेभरमा उन्नत २.० ईकोब्लू डीजेल इन्जिन प्रयोग गरिएको छ, पछिल्लो परिस्कृत यस इन्जिनका कारण इंधन र पर्फरमेन्सका लागि यो अतुलनिय प्याकेज बन्न पुगेको छ। यसले उत्सर्जनलाई घटाएर कम इन्धन खपत गर्दछ।

एन्डेभर को यस संस्करणमा आइपुग्दा १७० पीएस पिकपावर र ४२० टर्कका साथकम्पनीले यात्रालाई शानदार र मनोरञ्जन गराउन गाडीको पर्फमेन्सको गुणस्तरलाई निरन्तरतादिएको छ। ४*४ भेरीयन्टको ईकोब्लूयुक्त यस गाडीमा विशिस्ट इन्धनक्षमता रहेको छ जसले १२.४ किलोमिटरप्रति लिटरमाइलेज दिन्छ।

फोर्ड इकोब्ल्यू इञ्जिन परिष्कृत स्वरुपहो, जसले ध्वनि उत्सर्जन कम्तीमा ४ डेसिबल एकाई घटाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .