ad ad

समाज


कोरोनाबारे विश्व स्वास्थ्य संगठनले भन्योः अब हाम्रो मुख्य चासो चीन होइन, बाँकी विश्वमा छ

कोरोनाबारे विश्व स्वास्थ्य संगठनले भन्योः अब हाम्रो मुख्य चासो चीन होइन, बाँकी विश्वमा छ

नेपालखबर
फागुन १५, २०७६ बिहिबार १५:२७,

विश्व स्वास्थ्य संगठनका महासचिव टेड्रोस अधानम गेब्रीससले कोरोना भाइरसका विषयमा अब मुख्य चासोको स्थान चीन नभई बाँकी विश्व भएको बताएका छन्।

गत दुई दिनदेखि नयाँ भाइरस संक्रमितको संख्या चीनमा भन्दा बाँकी मुलुकमा बढी देखिएको छ।

यतिबेला चीनमा ४८ हजार ६३० संक्रमित छन् भने २ हजार ७४७ मारिएका छन्। चीनबाहिर ३ हजार ४७४ संक्रमित हुँदा ४४ को ज्यान गएको छ।

‘बाँकी संसारमा जे भइरहेको छ, हाम्रो मुख्य चासो त्यसमा छ,’ टेड्रोसले भने।

गएको २४ घण्टामा सात नयाँ मुलुकले आफ्नो कोरोना संक्रमित फेला परेको बताएका छन्। उनले सबै मुलुकलाई तत्काल भाइरस नियन्त्रणमा जुट्न पनि आग्रह गरे। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .