अटो


निशानको लक्की ड्र अफरका विजेता घोषणा, कसले पाए सुनको सिक्का?

निशानको लक्की ड्र अफरका विजेता घोषणा, कसले पाए सुनको सिक्का?

नेपालखबर
फागुन १३, २०७६ मंगलबार ७:२७,

सवारीसाधन निर्माता कम्पनी निशानले दशैँ तिहारका बेला ल्याएको चाडपर्व अफरको विजेता घोषणा गरेको छ। भदौदेखि कात्तिकसम्म ल्याएको अफरमा कुल २ सय १० जनाले गाडी किनेका थिए।

त्यसमध्ये १५ जना विजेताको नाम सार्वजनिक गरेको हो। निशानको थापाथलीमा रहेको शोरुममा लक्की ड्र विजेताको नाम घोषणा गरिएको हो। विजेतामध्ये ५ जनाले सुनको सिक्का र १० जोडीले मलेसिया घुम्न जान पाउने भएका छन्।

nissan festive drive offer winner 2

सुनको सिक्का पाउने ५ जनामा राजकुमार श्रेष्ठ, रेमन भट्टराई, दिपक चालिसे, बुद्धि तामाङ र संगम राय छन्।

त्यस्तै मलेसिया ट्रिप जित्नेमा सीता चौहान, मनवृद्ध सिंह, बुद्धिमान बलामी, गोविन्द बहादुर गहतराज, सुरेश केसी, शिवशक्ति स्टोर, विश्व प्रसाद पौडेल, जगन्नाथ खड्का, संगम ढुवानी सेवा र सुरेश श्रेष्ठ छन्। मलेसिया यात्रा अफरमा दम्पतीसहित जान पाउनेछन्।

nissan festive drive offer winner 3

nissan festive drive offer winner 4

nissan festive drive offer winner 5सबै तस्बिरः प्रविन काेइराला/नेपालखबर

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad