अटो


टीभीएस एनटर्क १२५ रेस एडिसन स्कुटर पोखरामा सार्वजनिक

टीभीएस एनटर्क १२५ रेस एडिसन स्कुटर पोखरामा सार्वजनिक

वाशुदेव मिश्र
पुस १७, २०७६ बिहिबार १३:६,

टीभीएस मोटर कम्पनीले पोखरामा टीभीएस एनटर्क १२५ रेस एडिसन स्कुटर सार्वजनिक गरेको छ। कम्पनीको गण्डकी धौलागिरीको अधिकृत बिक्रेता बतास ब्रदर्स प्रालिमा एक कार्यक्रमकाबीच स्कुटर सार्वजनिक गरेको हो।

अभिनेत्री स्वस्तिमा खड्का, जगदम्भा मोटर्स प्रालिका भाइस प्रेसिडेन्ट दिपक अग्रवाल र बतास ब्रदर्स प्रालिका कार्यकारी निर्देशक प्रमेश पराजुलीले सयुक्त रुपमा स्कुटर सार्वजनिक गरेका थिए। अभिनेत्री स्वस्तिमा यो स्कुटरको सद्भावना दूत पनि हुन्। उनले स्कुटर राम्रो भएको दावी गरिन्।

उक्त स्कुटरमा एलडी डिआरएल र एलडी हेड ल्याम्प, आकस्मिक बत्ती, भाइब्रेण्ट चेकर्ड फल्याग ग्राफिक लगाएतका विशेषता रहेको कम्पनीले जनाएको छ। स्कूटर तीन वटा रंग (म्याट ब्ल्याक, मेटालिक ब्ल्याक र मेटालिक रेड) मा उपलब्ध हुने टीभीएस मोटर कम्पनीका इन्टरनेशनल बिजनेश एक्जूकेटीभ भाइस प्रेसिडेन्ट आर दिलीपले जानकारी दिए। उनले भने, ‘टिभीएस एनटर्क १२५ सार्वजनिक गरेको दिनदेखि नै नेपालमा यसको जेन जेड ग्राहक माझ लोकप्रिय बन्न पुगेको छ।’

tvs-en2.jpg

यसको आकर्षक एपिरियन्स र टीभीएस स्मार्ट एक्सकनेक्ट विशेषता बाहेक, यसको प्रदर्शन टीभीएस एनटर्क १२५ को हलमार्क बनेको छ। कम्पनीका अनुसार यो स्कुटर टिभीएस रेसिंगको ३७ वर्षको समृद्ध पेडीग्रीबाट निर्माण गरिएको उनले बताए। जगदम्बा मोटर्सका प्रबन्ध निर्देशक शाहिल अग्रवालले भने, ‘टीभीएस एनटर्क १२५ को सार्वजनिकले नेपालको स्कुटर बजारमा ठुलो परिवर्तन ल्याएको छ।’

रेस एडिसनले थ्रिलको तत्व खोज्ने र स्कुटरमा अझ बढी अपेक्षा राख्ने ग्राहकहरुलाई सन्तुष्ट पार्ने उनको भनाई थियो। स्कुटरमा स्पोर्टी ब्लुटुथ कनेक्टेड रहेको कम्पनीले जनायो। यो स्कुटर स्टेट–अफ–आर्ट सिभिटिआई आरइभीभी १२४.७९ सीसी, सिंगल सिलिन्डर, ४–स्ट्रोक, ३ भल्भ, एयर कूल्ड इन्जिन रहेको कम्पनीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .