म्याक लुब्रिकेन्ट्सको वार्षिक टु—ह्विलर्स डिलरमिट सम्पन्न भएको छ । काठमाडौंको धुम्वाराहीमा रहेको आकामा होटलमा उक्त डिलरमिटको आयोजना गरिएको कम्पनीले बताएको छ ।
उक्त कार्यक्रममा कम्पनीले सिक्का मोबाइल एप पनि लन्च गरेको छ । यसमा सेल्स रिपोर्ट, स्किम डिटेल्स, स्टक रिपोर्ट, रिटेलर ट्र्याकिङ र थुप्रै स्किमबारे जानकारी प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ । साथै कम्पनीले मनोरञ्जनात्मक सांस्कृतिक कार्यक्रमको साथमा म्याक फोटी स्टारको पनि लन्च गरेको छ ।
यो नयाँ उत्पादनले अन्य उत्पादनको तुलनामा बाइक तथा स्कुटरको माइलेज बढी दिने र इन्जिनमा यसको बहुविशेषता रहेको म्याक लुब्रिकेन्टसको दाबी छ । डिलरमिटमा विभिन्न सांगीतिक कार्यक्रमको साथमा अवार्ड कार्यक्रम पनि रहेको थियो ।
उक्त डिलरमिटमा ३७ टु—ह्विलर्स डिलरको उपस्थिति रहेको कम्पनीले जनाएको छ । डिलर मिटमा बि.जे अटो, चितवनले डिलर अफ द इयर २०१९ जित्न सफल भएको थियो ।

प्रतिक्रिया