भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दिल्लीस्थित सरकारी निवासमा लागेको आगो नियन्त्रणमा आएको छ।
सेभेन लोककल्याण मार्गस्थित निवासमा आगलागी भएको थियो। आगो नियन्त्रण गर्न नौ वटा दमकल घटनास्थलमा पुगेका र आगो नियन्त्रणमा आएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्।
स्थानीय समयअनुसार साँझ सात बजेर २५ मिनेटमा आगलागी शुरू भएको थियो। विद्युत् सर्ट भएर आगलागी भएकाे अधिकारीहरुले जनाएका छन्।

प्रतिक्रिया