ad ad

अटो


युनाइटेड हेभी इक्विपमेन्ट अर्थमुभर्सको लोकार्पण

युनाइटेड हेभी इक्विपमेन्ट अर्थमुभर्सको लोकार्पण

नेपालखबर
मंसिर ३०, २०७६ सोमबार ७:३४,

नेपालको ख्यातिप्राप्त व्यापारिक उद्योग भोइथअन्तर्गतको कम्पनी युनाईटेड हेभी इक्विपमेन्ट्स एण्ड अर्थमुभर्सको आधिकारिक लोकार्पण भएको छ। धुम्वाराहीस्थित हेडक्वार्टर्स रहेको कम्पनीको लोकार्पण होटल हायातमा आइतबार भव्यताका साथ सम्पन्न गरिएको हो।

सन् २०१८ देखि नेपालको निर्माण क्षेत्रमा आधुनिक मसिनरीहरु भित्र्याई निर्माण कार्यहरु सहज र सुलभ बनाउँदै आएको युहिमले विश्वविख्यातनिर्माण कम्पनीहरु सनवार्ड, सिनोम्याक र नियोसेनका निर्माण उपकरणहरु  एक्स्काभेटर , ग्रेडर र ब्रेकर आयात गर्दै आएको छ।

earthmovers 2

युहिमले आयात गर्ने सनवार्ड र सिनोम्याक कम्पनीका उपकरणहरुमा जापान, जर्मनी, साउथ कोरियामा उत्पादन भएको अन्र्तराष्ट्रिय स्तरको इन्जिन र स्पेयर पार्टस्हरुको प्रयोग हुन्छ जुन हुण्डाई, कोमात्सु जस्ता कम्पनीहरुमा समेत हुने गर्दछ।

नेपाली समुदायको मानसपटलमा चाईनिज उपकरणहरु कमसल हुने धारणालाई अनुचित तथा गलत साबित गर्दै अन्र्तराष्ट्रियस्तरका उपकरणहरुको उत्पादन गर्दै सदैव ग्राहकवर्गको विश्वास जित्न तत्पर रहिआएको छ।

earthmovers 3

क्याटरपिल्लर, कोमात्सु, कोबेल्कोजस्ता प्रतिष्ठित कम्पनीहरुको एकमात्र प्रतिस्पर्धी कम्पनी रहेको युहिमले निर्माण उपकरणहरुको गुणस्तर, प्रविधि र विश्वसनीयतामा कहिल्यै सम्झौता गर्ने गरेको छैन। ए क्लास, बी क्लास कन्ट्र्याक्टर, विदेशी कन्ट्र्याक्टरहरुका साथै हाईड्रोपावरहरुका लागि लक्षित गरिएका यी निर्माण उपकरणहरु धादिङ, बुटवल, कपिलवस्तु, सिन्धुली, काभ्रे, रामेछाप, सोलुखुम्बु, चितवन, हेटौँडा, संखुवासभा, ओखलढुंगा, ताप्लेजुङ, आदि साईटहरुमा सफलतापूर्वक संचालन हुँदै आएको छ।

युहिमको धुम्वाराहीस्थित हेडक्वार्टरमा खरिदपछिको सर्भिस, पार्टस्हरु सहजताका साथ उपलब्ध गराउनुका साथसाथै ग्राहकका लागि अन्य सेवाग्राहीको व्यवस्था र भैरहवामा पनि ब्रान्च कम्पनीको विस्तार गरिसकेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .