अटो


जोमसोममा खुल्यो टाटाका सबै गाडीलाई सेवा दिने वर्कशप

जोमसोममा खुल्यो टाटाका सबै गाडीलाई सेवा दिने वर्कशप

नेपालखबर
मंसिर ८, २०७६ आइतबार ६:४६,

टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रालिले मुस्ताङको जोमसोममा टाटा मोटर्सका गाडीहरूका लागि सेवा प्रदान गर्नका लागि वर्कशप खोलेको छ।

उक्त वर्कशपको उद्घाटन सिप्रदी कम्पनिजका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठ र टाटा मोटर्सका कस्टमर केयर इन्टरनेशनल बिजनेस, कमर्सियल भेहिकलका प्रमुख गणेश शेट्टीले गरेका हुन्।

tata workshop jomsom 2

जोमसोम क्षेत्रमा टाटा मोटर्सका सबै रेन्जका गाडीहरूलाई सेवा प्रदान गर्ने यो नै पहिलो र एकमात्र वर्कशप हो। उद्घाटन समारोहमा बोल्दै टाटा मोटर्सको कर्मिर्सयल बिजनेस, कस्टमर केयर इन्टरनेशनल प्रमुख गणेश शेट्टीले भने, ‘जब कुनै ग्राहकले टाटाका कुनै उत्पादन खरिद गर्छ, तब उसले टाटाका सेवाहरूमाथि अधिकार प्राप्त गर्दछ र सो अधिकार पूरा गर्ने दायित्व कम्पनीको हो।’

सिप्रदी ट्रेडिङ प्रालिका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले बिक्रीपश्चात्को सेवा दिने कुरामा सिप्रदी सदैव प्रतिबद्ध रहेको बताएका छन्।

उनले सिप्रदीको स्थापनादेखि नै सिप्रदीले सेवालाई उच्च प्राथमिकतामा राख्दै देशका कुनाकाप्चामा भएका ग्राहकहरूसम्म पुग्ने लक्ष्य लिएको छ र जोमसोममा अवस्थित यो वर्कशपले चाहिरहेको लक्ष्य प्राप्तिका लागि अर्को सफलता दिलाएको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad