अटो


टीभीएसको ‘सप्तरंग २’मा राजेश हमालदेखि जितु नेपालसम्मको प्रस्तुति हुने

टीभीएसको ‘सप्तरंग २’मा राजेश हमालदेखि जितु नेपालसम्मको प्रस्तुति हुने

नेपालखबर
कात्तिक १८, २०७६ सोमबार ८:४,

टीभीएस मोटर्सको सक्रियतामा सातै प्रदेशमा ‘सप्तरंग २’ सांगीतिक कार्यक्रम हुने भएको छ। टीभीएस मोटर्सको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिको सक्रियतामा सातै प्रदेशमा टीभीएस अपाचे ‘सप्तरङ्ग सिरिज’ हुनलागेको हो।

कार्यक्रममा विभिन्न गीतसंगीतका साथसाथै नृत्य, प्रहसन आदि पनि समावेश गरिएका छन्। यस सांगीतिक कार्यक्रमको प्रमुख आकर्षण महानायक राजेश हमाल रहनेछन् भने साथमा जितु नेपाल, गायक सुगम पोखरेललगायतका चर्चित कलाकारहरुले आ–आफ्नो प्रस्तुति दिनेछन्।

भ्रमण वर्ष २०२० लाई प्रवर्द्धन गर्नको लागि कात्तिक २० देखि मंसिर ४ गतेसम्म सप्तरंग कार्यक्रम हुनलागेको आयोजक गृष्मा ब्रोडकाष्टिङले जानकारी दिएको छ। सातै प्रदेशमा विभिन्न कलामार्फत पर्यटकीय स्थलको प्रवर्द्धन गर्न स्थानीयलाई प्रोत्साहन गर्ने उद्देश्यले कार्यक्रम गरेको आयोजकले बताएको छ।

प्रदेश १ को बिर्तामोडमा कलाकार मेलिना राई, प्रदेश २ को वीरगञ्जमा जितु नेपाल, प्रदेश ३ को चितवनमा सुगम पोखरेल, गण्डकी प्रदेशको पोखरामा नेपाल आईडल विजेता रवि ओड, प्रदेश ५ को नेपालगञ्जमा प्रकाश सपुत, कर्णाली प्रदेशको राजधानी सुर्खेतमा राजेश हमाल र सुदूरपश्चिम प्रदेशको महेन्द्रनगरमा हिमाल सागरको प्रस्तुति रहनेछ।

गृष्मा बोर्डकाष्टिङले ५ वर्षदेखि निरन्तर मनोरञ्जनात्मक कार्यक्रम गर्दै आएको छ। ‘सप्तरंग २’ संगीतिक यात्रालाई पूर्णरुपमा निःशुल्क गरेको छ। उक्त मनोरञ्जनात्मक कार्यक्रमको उद्घाटन सातै प्रदेशका मुख्यमन्त्रीहरुले गर्नेछन्।

कात्तिक २० गते बिर्तामोड, २२ गते वीरगञ्ज, २४ गते चितवन, २६ गते नेपालगञ्ज, २८ गते सुर्खेत, ३० गते महेन्द्रनगर र मंसिर ४ गते पोखरामा कार्यक्रम हुँदै छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad