एमएडब्लू वृद्धि कमर्सियल भेहिकल प्रालिले आफ्नो सर्भिस नेटवर्क देशभरि विस्तार गरेको जनाएको छ।
‘देशको अधिकांस ठाउँबाट ग्राहकले अब सेवा लिन पाउनेछन्, अब देशका २५ भन्दा बढी वर्कसपबाट ग्राहकले एक घण्टाभित्र सेवा पाउनेछन्’ कम्पनीका सर्भिस हेड विदेशमान सिंह डंगोलले भने, ‘एमएडब्लू वृद्धि कमर्सियल भेहिकल प्रालि ग्राहकसँग निरन्तर सम्बन्ध राम्रो बनाई राख्न चाहन्छ।’
कम्पनी आउने वर्षमा पनि आक्रामकरुपमा सर्भिस नेटवर्क विस्तार गर्ने योजनामा रहेको उनले बताए।
ग्राहकले सर्भिस सम्बन्धी जानकारी ९८०२०५७७२१ र ९८६०२४३६१६ मा कल गरेर लिन सक्ने कम्पनीले जनाएको छ।
नेपालका लागि फोटोन मोटर ग्रुपको आधिकारिक विक्रेता एमएडब्लू वृद्धि कमर्सियल भेहिकल प्रालिले पिकअप टुनल्यान्ड ई, पिकअप टुनल्यान्ड एस, १९–सिट क्षमताको भ्यान भ्यु सीएस२ एल र १६–सिट क्षमताको भ्यान भ्यु सीएस२ विभिन्न प्रकारका एम्बुलेन्स बेच्दै आएको छ।
Shares
प्रतिक्रिया