अटो


पारस खड्काले गरे टीभीएस एक्सचेन्ज मेलाको उद्घाटन (तस्बिर)

पारस खड्काले गरे टीभीएस एक्सचेन्ज मेलाको उद्घाटन (तस्बिर)

नेपालखबर
कात्तिक १, २०७६ शुक्रबार ८:३५,

राजधानीको भृकुटीमण्डपमा ‘टीभीएस एक्सचेञ्ज एण्ड फाइनान्स फेयर’ आजदेखि सुरु भएको छ। नेपालको लागि टीभीएसको आधिकारिक वितरक जगदम्बा मोटर्सले आयोजना गरेको मेलाको उद्घाटन नेपाली क्रिकेट टोलीका निवर्तमान कप्तान पारस खड्काले गरेका हुन्।

मेला उद्घाटन गर्दै खड्काले नेपालको क्रिकेट क्षेत्रमा टीभीएसले गरेको सहयोगप्रति खुसी व्यक्त गरे। उनले भने, ‘निजी क्षेत्रले क्रिकेटलाई महत्व नदिएको अवस्थामा लामो समयदेखि टीभीएसले खेलाडीलाई सहयोग गरी उत्साह थपेको छ।’

tvs xchange mela suru 2

यही कात्तिक ५ गतेसम्म चल्ने मेलामा ३० प्रतिशत डाउन पेमेन्ट र मोटरसाइकल साटफेर गर्दा थप १० हजार मूल्यांकन हुने विशेष सुविधा रहेको छ। जगदम्बा मोटर्सका मार्केटिङ म्यानेजर नवराज कोइरालाले भने, ‘फेयरको मुख्य आकर्षणको रुपमा ३० प्रतिशतको डाउन पेमेन्टको व्यवस्था र पुराना बाइकको एक्सचेञ्जमा थप १० हजार मूल्याङ्कन हुनेछ।’

tvs xchange mela suru 3

मेलामा कुनै पनि पुरानो मोटरसाइकल वा स्कुटरको बदलमा टीभीएसको नयाँ मोटरसाइकल वा स्कुटर साट्न सकिने कम्पनीले बताएको छ ।

tvs xchange mela suru 4

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad