नेपाल अटोमोबाइल्स एसोसिएसन र नासा फाउन्डसेनद्वारा हरेक वर्ष प्रदान गरिने रोड सेफ्टी मिडिया अवार्ड यस वर्ष ‘अटो नेपाल’ म्यागजिनलाई प्रदान गरिएको छ।
विगत १५ वर्षदेखि नेपालको मोटर स्पोर्ट्स, अटोमोवाइल मोबिलिटी, ड्राइभ टुरिजम तथा रोड सेफ्टीको क्षेत्रमा क्रियाशील रही कलम चलाई आइरहेको अटो नेपाललाई सो अवार्ड प्रदान गरिएको हो।
नेपाल रेडक्रस सोसाइटीका सभापति डा. नेत्र प्रसाद तिम्सिनाको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रममा नासा नेपालका अध्यक्ष दशरथ रिसाल, नासा फाउन्डेसन नेपालकी संयोजक भगवती सेढाई, नेसनल एलाइन्स फर सेफ एण्ड सष्टेनेबल मोबिलिटीका संयोजक गोविन्द भट्टराईको उपस्थिति थियो।
अतिथिहरुद्वारा अटो नेपालको तर्फबाट उपस्थित रोशन कुमार श्रेष्ठ र भुषन कुमार श्रेष्ठलाई सो अवार्डको साथमा प्रशंसापत्र तथा नगद ११ हजार १११ रुपैयाँ समेत प्रदान गरे।
छैटौँ यूएन ग्लोबल रोड सेफ्टी विकको सन्दर्भमा नासा नेपाल, नेसनल एलायन्स फर सेफ एण्ड सस्टेनेबल मोबिलिटी तथा नासा फाउन्डेसन लगायतका संघ संस्थाले संचालन गरेको साप्ताहिक अभियान अन्तर्गत नै सो अवार्ड वितरण गरिएको हो।
Shares
प्रतिक्रिया