घुमघाम


यारी खोलाः जहाँ मान्छेको शव टुक्रा–टुक्रा पारेर फालिन्छ

यारी खोलाः जहाँ मान्छेको शव टुक्रा–टुक्रा पारेर फालिन्छ

नवीन बराल
काठमाडौं, जेठ ३१

तिब्बतमा ठूला–ठूला सहर, पिच बाटो, अनेक सुविधा छ। तर, नेपालमा झुपडीहरु, कच्ची बाटो, बिजुली बत्तिसमेत छैन। उताको इमिग्रेसन भवन ४ तले छ भने नेपालतर्फको टेन्टको भरमा। त्यै पनि मलाई आफ्नो ठाउँ नै प्यारो लाग्यो।

सीमामा एक नेपाली महिलासँग कुरा भयो। दुई दशक पुगेछ उनले त्यस ठाउँमा होटल गर्न थालेको। उनले तिब्बत हुँदै नेपाल आउने खोलाको पानीमा उताबाट ढल मिसाइएका कारण निकै फोहर हुने बताइन्। लुगा धुन पनि घीन लाग्दोरहेछ। त्यहाँका बासिन्दाले नौमुलेको पानी खाँदा रहेछन्। साथै, हिल्सा नाकामै थुप्रै फोहर फालिएको थियो । बियरमा बोत्तलका चांग देखिन्थ्यो।

नारला पास हुम्ला
नारला पास हुम्ला

त्यसदिन हामी हिल्सामै सुत्यौँ। बिहानै उठ्दा आकासमा हेलिकप्टरको आवाज आयो। यसो हेरेको त एउटा हेलिकप्टरले अर्कोलाई बोकिरहेको थियो। मैले जिज्ञासा राखेँ। खासमा केही दिनअघि हिल्सा हुँदै कैलाशको दर्शनका लागि आएका ४२ वर्षीय रवीन्द्रकुमार कटीलाई हेलिकप्टरको पंखाले काटिदिएको रहेछ। त्यसपछि थन्किएको हेलिकप्टर लिन अर्को हेलिकप्टर आएको रहेछ।

तातोपानी नाका बन्द भएपछि नेपालगञ्जबाट सिमिकोट र त्यहाँबाट हिल्सा हुँदै कैलाश मानशरोवर जाने पर्यटकको संख्यामा वृद्धि भएको रहेछ। हिल्साबाट कैलाशको पुग्नका लागि गाडीमा ३ घण्टामात्र लाग्ने रहेछ।

हम्रो सामान बोक्न लागि सहयोगीसहित ५ वटा खच्चड हिल्सा आइपुगे। हिल्साबाट हामी नारला पास (४३३५ मिटर उचाइमा) तर्फ अघि बढ्यौँ। त्ययसको केही अगाडिबाट कर्णाली गहिरो खोँचबाट बग्ने भएकाले हामी किनाराको बाटो छाडेर मोटरबाटोमा पैदल यात्रा गर्दै अघि बढ्यौँ। नारला पास गरेपछि बाटोमा सल्लाका रुखहरु र केही हरियाली देखिन थाल्यो।

यारी गाउँ
यारी गाउँ

यात्राका क्रममा हुम्लाको चर्चित यारी खोला देखियो। जुन खोला कर्णालीमा मिसिन्छ। विस्तारै हिमालपारीका नेपाली बस्तीहरु पनि देखिन थाले। हामी साँझको ५ बजे यारी गाउँमा पुग्यौँ। त्यसदिन त्यहीँ बस्यौँ। त्यहाँ फापर र सागको खेती हुने रहेछ। युवाहरु सबै विदेश गएकाकारण गाउँ सुनसान नै थियो। स्थानीयका अनुसार कसैको मृत्यु भयो भने उसको शव टुक्रा टुक्रा पारेर यारी खोलामा फालिन्छ। खोलामा कीरा हुन्छ, कीराले शव खाएपछि धर्म हुन्छ भन्ने विश्वास उनीहरुमा रहेछ।

त्यो रात त्यही बसेर भोलिपल्ट बिहानै हामी यारीबाट अघि बढ्यौँ। टुमकोटमा पुगेपछि हिल्सामा छाडेको कर्णाली भेटियो। त्यहाँ यारी खोला कर्णाली नदीमा मिसिँदो रहेछ। कर्णाली देखेपछि हामी पौडी खेल्न तम्सिहाल्यौँ। पानी असाध्यै चिसो थियो। पौडेपछि चिसोका कारण शरीरबाट काम नै छुट्यो।

कर्णाली नदी
कर्णाली नदी

त्यहाँ नदीको छेउमा बाटो बनिरहेको थियो। एउटा स्काभेटर पनि देखियो । त्यो स्काभेटर हेलिकप्टरले लगेको हुनुपर्छ भन्ने हामीले अनुमान गर्यौ। कर्णाली नदीमा पुल पनि बन्दै रहेछ। इो सब हेर्दा त्यहाँ विकासले विस्तारै गति लिन थालेको देखिन्थ्यो।

टुमकोटमा जुना शाही नाम गरेकी एक महिलासँग कुरा गर्यौँ। उनीहरु ७ महिना बस्तुभाउ लिएर जंगलमा र बाँकी समय घरमा बस्दा रहेछन्। सानो घरमा भट्टी रहेछ। त्यहाँ खाना खाएर त्यसदिन हामी क्याम्प बनाएर टुमकोटमै बस्यौँ।

स्थानीय खाना
स्थानीय खाना

अर्कोदिन उठेर कर्णाली नदीको किनार हुँदै अघि बढ्यौँ। टुमकोटभन्दा केही अघि स्कुल पनि रहेछ। नेपाल प्रवेश गरेपछि हामीले देखेको यो नै पहिलो स्कुल थियो।

त्यहाँका धेरै मानिसहरुले दलाई लामाको फाटो भएको माला घाँटीमा झुन्ड्याएका थिए। तिब्बतमा यस्तो भइदिएको भए के हुन्थ्यो भन्ने आँकलन पनि गर्न सकिँदैनथ्यो।

एल्वाङ गुम्बा
एल्वाङ गुम्बा

बाटोमा भेटिएका मानिससँग कुरा गर्दै हामी मुचुक भन्ने ठाउँमा पुग्यौँ। त्यहाँ एउटा प्रहरी चौकी देखियो। त्यहाँबाट अघि बढ्दा हरियाली पनि बढेको देखियो। अघि बढ्दै जाँदा भट्टीहरु, दाउराका खलियो देखिन थाले। त्यो हेर्दै कर्णालीको तिरैतिर हामी याल्बंगका लागि उकालो लाग्यौँ। याल्बंग त्यहाँको सानो सेन्टरजस्तै रहेछ। त्यहाँ झन्डै ६ सय वर्ष पहिले स्थापना भएको गुम्बा पनि रहेछ। इात्रा थालेको तेस्रो दिन बल्ल हामीले विदेशी पर्यटक देख्यौँ। यसको मतलब त्यहाँ अझै पर्यटन विकास भएको रहेनछ।

हामी गुम्बातर्फ अघि बढ्यौँ । गुम्बा निकै कलात्मक र आकर्षित थियो । झन्डै १५० जना विद्यार्थीसमेत रहेछन् । केही समयपछि हामी त्यहाँबाट फर्कियौँ।

याल्बंग माइक्रो हाइड्रोबाट बिजुली निकालिएको रहेछ । नेपाल छिरेपछि पहिलोपटक मज्जैले हामीले आफूसँग भएका मोबाइल, क्यामेरा र ल्यापटप चार्ज गर्यौँ। त्यसदिन त्यहिँ बस्यौँ।

कर्णाली नदी
कर्णाली नदी

याल्बंगबाट बिहान ८ बजे अघि बढेपछि बस्ती बाक्लिन थाल्यो। खुर्सानी, फूल र सागहरु रोपेको देखियो। त्यहाँ घरबाहिर राखिएका जंगली आरुको गेडा देखिन थाल्यो। स्थानीयले गेडा पेलेर तेल बेच्दा रहेछन्।

यसरी १३ औँ दिनमा कर्णालीलाई पछ्याउँदै हामी अघि बढिरह्यौँ। कर्णाली तिरमा निर्माणाधीन हिल्सा–सिमिकोट मार्ग निकै निकै अफट्यारो थियो। कर्णाली नदीले ढुंगा काटेर बनेको गल्छीबाट बगेको देखियो। हामी केर्मीमा आइपुग्यौँ। त्यहाँ सिस्नुको अचार र फापरको रोटी खायौँ । त्यहाँ केही पसल पनि देखियो। ती पसलहरुमा रक्सीलगायतका चिनियाँ सामान बिक्रीका लागि राखिएका थिए।

यात्राकै क्रममा हामी एउटा यस्तो घरमा पुग्यौ त्यहाँ एक महिलाको २ वटा श्रीमान् रहेछन्। घरको काम सबै तीनै श्रीमानहरुले गर्ने रहेछन्। उनीहरुले दुई पति यहाँको प्रचलन भएको बताए। उनीहरुसँग एकछिन कुरा गरेपछि हामी केर्मीकै एउटा खोलामा पुग्यौँ। त्यो खोलामा तातोपानी आउँदो रहेछ। क्र्णालीको चिसोमा पौडिएर कठ्यांग्रिएका हामीले तातोपानीमा मज्जाले नुहायौँ। त्यसरात मज्जाले निद्रा पनि लाग्यो।

बेथेको साग
बेथेको साग

अर्कोदिन कर्णालीको किनारै किनार हुँदै चट्टान खोपेर बनाइएको बाटोबाट अघि बढ्यौँ। बाटोमा लट्टेको साग प्रसस्त देखियो। उनीहरु लट्टेको दानालाई खानाको रुपमा प्रयोग गर्दा रहेछन्।

हामी माथिल्लो र तल्लो हुम्ला छुट्याउने दोभानमा पुग्यौँ।े किंवदन्ती अनुसार त्यस ठाउँको बेग्लै कथा रहेछ। एकपटक माछाको एक जोडी छोराछोरीलाई लिएर कैलाश दर्शन गर्न भनेर हिँडेछन्। उनीहरु खर्चका रुपमा चामल लिएर हिँडेका थिए रे। उनीहरु चौवनफाँया भन्ने फाँटसम्म आइपुगे। जति प्रयास गर्दा पनि त्यहाँबाट माछा माथि जान सकेनछन्। त्यसैले त्यहाँभन्दा माथि माछा पाइँदैन र धान पनि फल्दैन भन्ने प्रचलन रहेछ। त्यो  खोलाको छेउमा माछाको जस्तो आकृति देखिने ठूला दुई ढुंगा रहेछन्। जसलाई मानिसहरु माछाका बुढा–बुढीभन्दा रहेछन्।

त्यहाँबाट हामी डाँडाफाया हुँदै भोलिपल्ट (१५ औँ दिनमा) सिमिकोट पुग्यौँ। जुन हुम्ला जिल्लाको सदरमुकाम र प्रशासनिक केन्द्र हो।

हेप्का खोलाहेप्का खोला

हुम्लाको सदरमुकाम सिमिकोट
हुम्लाको सदरमुकाम सिमिकोट
जेठ ३१, २०७६, शुक्रबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin: [email protected]
News: [email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
अप्रेसन म्यानेजर
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .