सुदूरपश्चिम


वेदकोटमा मेयर कप फुटबल

वेदकोटमा मेयर कप फुटबल

नेपालखबर
कात्तिक १४, २०८२ शुक्रबार १९:११, कञ्चनपुर

वेदकोट नगर तेस्रो मेयर कप फुटबल प्रतियोगिता शुक्रबारदेखि सुरु भएको छ। 

वेदकोट नगरपालिका–५ पोल्खरीस्थित गोल्डेन युवा क्लवको खेल मैदानमा प्रतियोगिता सुरु भएको हो। 

वेदकोट नगरपालिका वडा नं. ५ को आयोजना भइरहेको प्रतियोगिताको एक कार्यक्रमबीच वेदकोटका नगरप्रमुख भोजराज बोहराले उद्घाट गरे। 

उद्घाटन समारोहको अवसरमा वेदकोट नगरका जनप्रतिनिधि र कर्मचारीबीच मैत्रीपूर्ण खेल भएको थियो। वेदकोट कर्मचारीले जनप्रतिनिधिलाई ३–० गोलअन्तरले पराजित गरे। 

प्रतियोगिताको पहिलो खेलमा शुक्रबार आयोजक वेदकोट वडा नम्बर ५ ले विजयी सुरुवात गरेको छ। वेदकोट वडा नम्बर ५ ले वेदकोट वडा नम्बर ४ लाई २–० गोलअन्तरले पराजित गरेको हो।

प्रतियोगिताका खेलहरु लिग कम नकआउटका आधारमा खेलाइने छ। सहभागी ९ टिमलाई दुई समूहमा विभाजन गरिएको छ। समूह एमा वेदकोट वडा नं. १, २, ४, ५ र १० छ भने समूह बीमा वेदकोट वडा नं. ३, ९, ५ जी र ६ छ।

प्रतियोगिता कार्तिक २१ गतेसम्म सञ्चालन हुने छ। विजेता टिमले ५० हजार १२५ रुपैयाँ  र उपविजेता टिमले २५ हजार १२५ रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाण–पत्र प्रदान गरिने आयोजकले जनाएको छ। 

यस्तै उत्कृष्ट स्ट्राइकर, प्लेयर, डिभेन्डर, गोलकिप्पर, सर्वाधिक गोलकर्ता र उदयमान खेलाडीलाई उपहार र प्रत्येक खेलमा म्यान अफ दी म्याच घोषणा गरी पुरस्कृत गरिने छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad