सुदूरपश्चिम


अत्यधिक गर्मी बढेपछि कञ्चनपुरको जनजीवन प्रभावित, विद्यालय बन्द

अत्यधिक गर्मी बढेपछि कञ्चनपुरको जनजीवन प्रभावित, विद्यालय बन्द

नेपालखबर
जेठ ११, २०८३ सोमबार १४:२१, कञ्चनपुर

पश्चिम तराईका जिल्लामा गर्मीले जनजीवन प्रभावित भएको छ। पछिल्लो केही दिनयता गर्मी अत्याधिक बढेपछि कञ्चनपुरका तीन पालिकाले विद्यालयमा बिदा दिने निर्णय गरेका छन्।

अत्यधिक गर्मीका कारण भीमदत्त नगरपालिका, शुक्लाफाँटा नगरपालिका र कृष्णपुर नगरपालिकाले विद्यालयमा बिदा दिने निर्णय गरेका छ।

शुक्लाफाँटा नगरपालिकाले मंगलबार र बुधबार दुई दिन गर्मी बिदा दिएको छ। अत्यधिक गर्मीका कारण विद्यार्थीको स्वास्थ्य अवस्थामा प्रतिकूल असर पर्न सक्ने र विद्यालय सञ्चालन गर्न समेत कठिनाइ उत्पन्न हुन सक्ने स्थितिलाई मध्यनजर गर्दै बिदा दिइएको नगरपालिकाले जनाएको छ।

यस्तै अत्यधिक गर्मी बढिरहेकाले विद्यार्थीहरूको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै सोमबारदेखि १३ गते बुधबारसम्म तीन दिन विद्यालयहरू बन्द गर्ने भीमदत्त नगरपालिकाले निर्णय गरेको छ। लामो बिदाबाट कट्टा हुने गरी बिदा गरिएको शिक्षा शाखाका उपसचिव हरिदत्त जोशीले बताए।

कृष्णपुर नगरपालिकाले सोमबारदेखि तीन दिन बिदा दिने निर्णय गरेको छ। केही दिनयता पश्चिम तराईमा गर्मी अत्यधिक बढेको छ। यहाँ अधिकतम तापक्रम ४० डिग्री आसपास पुगेको छ।

केही दिनयता अत्यधिक गर्मी र तातो हावा लूका कारण पश्चिम तराइको जनजीवन निकै प्रभावित भएको छ। दिउँसोको समयमा अत्यावश्यकबाहेक हिँडडुल नगर्न स्वास्थ्यकर्मीले सुझाएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad