चिनियाँ मिसनमा अन्तरिक्ष उडिन् हङकङको पहिलो अन्तरिक्ष यात्री

चिनियाँ मिसनमा अन्तरिक्ष उडिन् हङकङको पहिलो अन्तरिक्ष यात्री

नेपालखबर
जेठ ११, २०८३ सोमबार १४:२३, हङकङ

चीनको शेन्झोउ-२३ अन्तरिक्ष यानमा हङकङकी अन्तरिक्ष यात्री समावेश भएकी छन्। चिनियाँ मिसनमा हङकङको सहभागिता यो पहिलो हो।

४३ वर्षीया प्रहरी अधिकारी लाइ का-यिङ उक्त टोलीमा समावेश भएकी हुन्। तीन सदस्यीय चालक दलमा लाइ पेलोड वैज्ञानिकको रूपमा रहने छिन्। वैज्ञानिक लाइ तीन सन्तानकी आमा हुन्।
 
२०३० सम्ममा चन्द्रमामा मानिस पठाउने चीनको महत्त्वाकांक्षी अन्तरिक्ष कार्यक्रममा यो मिसन पछिल्लो हो। शेन्झोउ-२३ लाई मानव शरीरमा सुक्ष्म गुरुत्वाकर्षणको प्रभावको अध्ययन गर्ने जिम्मेवारी दिइएको छ।

लाइ बाहेक, मिसनमा रहेका अन्य दुई अन्तरिक्ष यात्री ३९ वर्षीय अन्तरिक्ष इन्जिनियर झु याङझु र ३९ वर्षीय पूर्ववायुसेना पाइलट झाङ झियुआन हुन्।

स्थानीय समय अनुसार आइतबार बिहान २३:०८ बजे उत्तर-पश्चिम गोबी मरुभूमिबाट लङ मार्च २-एफ रकेट प्रक्षेपण भएको थियो। यसको केही घण्टा पछि यो तियाङगोङ अन्तरिक्ष स्टेसनमा डक भएको थियो।

हङकङका प्रमुख कार्यकारी जोन लीले मिसनमा लाइको संलग्नतालाई ऐतिहासिक भनेका छन्। उनले मिसनको प्रक्षेपणअघि भिडिओ कलमार्फत लाइलाई आशीर्वाद पनि दिएका थिए। 

सन् २०२१ देखि, चीनले ६ महिनाको बसाइ हुनेगरी आफ्नो तियाङगोङ अन्तरिक्ष स्टेसनमा अन्तरिक्ष यात्रीहरू पठाउँदै आएको छ। यस पटक भने अन्तरिक्ष यात्रीहरू एक वर्ष लामो बसाइका लागि गएका हुन्।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2023. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .