सुदूरपश्चिम


बाघको आक्रमणबाट वन हेरालु घाइते

बाघको आक्रमणबाट वन हेरालु घाइते

नेपालखबर
जेठ ४, २०८३ सोमबार २०:४४, महेन्द्रनगर (कञ्चनपुर)

कञ्चनपुरको कृष्णपुर नगरपालिकामा पाटेबाघको आक्रमणबाट वन हेरालु घाइते भएका छन्। एकता सामुदायिक वनमा आज पाटे बाघले आक्रमण गर्दा वन हेरालु सन्तराम चौधरी घाइते भएका हुन्।

जिल्लास्थित डिभिजन वन कार्यालय कञ्चनपुरका डिभिजन कार्यालय प्रमुख लक्ष्मीराज जोशीले कृष्णपुर नगरपालिका–६ स्थित एकता सामुदायिक वनमा आज बाघले आक्रमण गर्दा वन हेरालु चौधरी घाइते भएको जानकारी दिए। 

‘घाइते चौधरीको अत्तरिया अस्पतालमा उपचार हुँदैछ’, उनले भने, ‘वन क्षेत्रमा कामको सिलसिलामा गएका बेला बाघले चौधरीलाई आक्रमण गरेको हो।’ 
वन कार्यालयले लालझाडी जङ्गल क्षेत्रमा आवतजावत गर्दा सर्तकता अपनाउन सबैमा आग्रह गरेको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad