सुदूरपश्चिम


जिल्ला अस्पताल बैतडीको पुरानो गोदाममा आगलागी

जिल्ला अस्पताल बैतडीको पुरानो गोदाममा आगलागी

नेपालखबर
जेठ ३, २०८३ आइतबार १७:४०, बैतडी

जिल्ला अस्पताल बैतडीको पुरानो गोदाममा आगलागी भएको छ। पुराना स्वास्थ्य सामग्री राखिएको गोदाममा आज दिउँसो करिब ३ः३० बजे आगलागी भएको हो।

नजिकै रहेको फोहर जलाउन बालेको आगोबाट अस्पतालको गोदाममा आगलागी भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी निरीक्षक बलदेव बडूले जानकारी दिए। 

नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना र स्थानीयको मद्दतमा ४ः०० बजे आगो नियन्त्रणमा लिइएको उनले बताए। आगलागीबाट भएको क्षतिको विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad