सुदूरपश्चिम


प्रधानाध्यापकलाई दुर्व्यवहार गर्ने ४ जना पक्राउ

प्रधानाध्यापकलाई दुर्व्यवहार गर्ने ४ जना पक्राउ

नेपालखबर
बैशाख २५, २०८३ शुक्रबार २०:३८, बैतडी

बैतडीमा प्रधानाध्यापकलाई दुर्व्यवहार गर्ने ४ जना पक्राउ परेका छन्।

शिवनाथ गाउँपालिका -४ लोजनीस्थित पिपलकोट माविद्वारा सञ्चालित को विद्यालय शिक्षकको परीक्षामा फेल भएको भनि प्रधानाध्यापक दामोदर ओझालाई कालो मोसो र जुत्ताको माला लगाई दुर्व्यवहार गरिएको थियो।

सो घटनामा संलग्न रहेको आरोपमा प्रहरीले एकै परिवारका ४ जनालाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा बैतडीको शिवनाथ गाउँपालिका ४ खडिक बस्ने ३० वर्षीया तारा महता (परीक्षामा फेल हुने)
सोही ठाउँका ४२ वर्षीय प्रेम महता (उनकै श्रीमान्), ३८ वर्षीय मोहन महता (देवर) र ३४ वर्षीया सकुन्तला महता (देउरानी) रहेका छन्।

यस सम्बन्धमा थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad