सुदूरपश्चिम


कैलालीमा हाइसले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु

कैलालीमा हाइसले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु

नेपालखबर
बैशाख २, २०८३ बुधबार ७:५०, कञ्चनपुर

कैलालीमा हाइसले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत लम्कीचुहा नगरपालिका-७ गुलरामा मंगलबार बेलुका सु.प.प्र.०१-००१ ज १४२१ नम्बरको हाइसले सु.प.प्र.०१-१३प ५१३९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो।

दुर्घटनामा मोटरसाइकलमा सवार लम्किचुहा नगरपालिका-८ का ३३ वर्षीय गगन राना मगर र सोही ठाउँका २४ वर्षीय पुष्प सुनार दुवै जना गम्भीर घाइते भएका थिए।

उपचारका लागी टीकापुर अस्पताल लगिएको थियो। तर उपचारका क्रममा दुवै जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

हाइस चालकको खोजी भइरहेको छ भने गाडीधनीलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad