सुदूरपश्चिम


सुदूरपश्चिममा १५ क्षेत्रको मतपरिणाम: ४ जिल्ला ‘क्लिन स्वीप’सहित रास्वपाको १० सीट, नेकपा निल

कांग्रेसको ३ सिट, एमाले एउटामा अगाडि
सुदूरपश्चिममा १५ क्षेत्रको मतपरिणाम: ४ जिल्ला ‘क्लिन स्वीप’सहित रास्वपाको १० सीट, नेकपा निल

गोकुल जोशी
फागुन २४, २०८२ आइतबार २०:२०, कञ्चनपुर

सुदूरपश्चिमका १५ वटै निर्वाचन क्षेत्रको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ। 

राष्ट्रिय स्वतन्त्र पार्टीले कैलाली र कञ्चनपुरमा ‘क्लिन स्वीप’ गरेको छ। कैलालीका ५ र कञ्चनपुरका ३ सहित सुदूर पहाडका डडेल्धुरा र बैतडीमा गरी रास्वपाले १० सीट जितेको छ। 

नेपाली कांग्रेस ३ र नेकपा एमालेले २ सीट जित्दा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) भने प्रदेशमा निल भएको छ। अछामको क्षेत्र नम्बर २ मा मतगणना जारी छ। पछिल्ला मतपरिणाम अनुसार एमालेका यज्ञबहादुर बोगटीले ८ हजार ८९९ मतसहित अग्रस्थानमा छन्। 

उनलाई कांग्रेसका पुष्पबहादुर शाहले ८ हजार ३९७ मतका साथ पछ्याइरहेका छन्। उनीहरुबीचको मतान्तर ५०२ मात्रै छ।

तेस्रो स्थानमा नेकपाका बलबहादुर कुँवर ५ हजार १६१ मतसहित छन्। रास्वपाका भूपदेव शाह ४ हजार ३९५ मतसहित चौथो स्थानमा छन्। उनी रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह काठमाडौंको मेयर हुँदा स्वकीय सचिव थिए। 

कञ्चनपुर १ रास्वपाका जनकसिंह धामीले २४ हजार ३३२ मतसहित निर्वाचित भए। उनका निकटतम प्रतिस्पर्धी नेकपाकी बीना मगरले ११ हजार ११० मत मात्रै ल्याउन सकिन्। 

कञ्चनपुर २ मा कांग्रेसका एनपी साउँदलाई पराजित गर्दै रास्वपाका दीपकराज बोहराले संघीय यात्रा तय गरे। बोहराले ३३ हजार ९५२ मत ल्याएका थिए भने उनका प्रतिस्पर्धी साउँदले १० हजार ८२७ मत ल्याएका थिए।

कञ्चनपुर ३ मा पनि रास्वपाकै ज्ञानेन्द्र सिंह महता २७ हजार ११८ मतसहित निर्वाचित भए। उनका प्रतिस्पर्धी कांग्रेसका हरिप्रसाद बोहराले ९ हजार ४४३ मत मात्रै प्राप्त गर्न सके। 

कैलाली १ मा रास्वपाकी कोमल ज्ञवाली १७ हजार ८२६ मतसहित निर्वाचित भएकी छन्। उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका जनकराज चौधरीले १२ हजार ८६७ मत मात्रै ल्याए। 

कैलाली २ मा रास्वपाका केपी खनाल १९ हजार ५७ मतसहित निर्वाचित भए। उनका निकटतम प्रतिस्पर्धी नाउपा नेपालका पतिराम चौधरीले ११ हजार ९४९ मत मात्रै प्राप्त गरे। 

कैलाली ३ मा रास्वपाका जगतप्रसाद जोशी २० हजार ३५९ मतसहित निर्वाचित भए। उनका प्रतिस्पर्धी नेकपाका विरमान चौधरीले ११ हजार ९८३ मत मात्रै प्राप्त गर्न सके। 

कैलाली ४ मा कांग्रेसका गोरख बहादुर बिष्टलाई पराजित गर्दै रास्वपाका खेमराज कोइराला निर्वाचित भए। उनले २८ हजार ५५६ मत ल्याउँदा उनका प्रतिस्पर्धी कांग्रेसका बिष्टले ११ हजार ३०१ मत ल्याएका थिए। 

कैलाली ५ मा रास्वपाका आनन्द बहादुर चन्दले कांग्रेसका नरनारायण शाहलाई उछिन्दै संघीय संसद यात्रा तय गरेका छन्। 
रास्वपाका चन्दले ३१ हजार ९५३ मत ल्याउँदा उनका प्रतिस्पर्धी कांग्रेसका शाहले ११ हजार ९५८ मत प्राप्त गर्न सके।

डडेल्धुरामा ३४ वर्षे कांग्रेसको विरासत तोड्दै रास्वपाका डा. ताराप्रसाद जोशीले संसद यात्रा तय गरे। रास्वपाका जोशीले १९ हजार १३१ मत ल्याउँदा उनका प्रतिस्पधीए नेपाली कांग्रेसका नैन सिंह महरले १२ हजार १२१ मत मात्रै ल्याउन सके।

बैतडीमा पनि रास्वपाले विजयी झण्डा फहरायो। रास्वपाका हरिमोहन भण्डारी २२ हजार १३४ मतका साथ विजयी हुँदा उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका चतुरबहादुर चन्दले १८ हजार ११४ मत मात्रै प्राप्त गरे।

दार्चुलामा नेकपा एमालेका गणेशसिंह ठगुन्ना कांग्रेसका धर्मानन्द जोशीलाई पराजित गर्दै तेस्रो पटक संघीय संसदमा प्रवेश गरेका छन्। 
एमालेका ठगुन्नाले १८ हजार ८११ मतका साथ विजयी हासिल गरे। एनका प्रतिस्पर्धी कांग्रेसका जोशीले १५ हजार ८३६ मत मात्रै प्राप्त गरे। 

बझाङमा नेकपा एमालेकै ऐन बहादुर महर निर्वाचित भए। उनले कांग्रेसका प्रकाश रसाइली स्नेहीलाई पराजित गर्दै संसद यात्रा तय गरेका हुन्। 

एमालेका महरले १८ हजार ४५३ मत ल्याउँदा उनका प्रतिस्पर्धी कांग्रेसका रसाइलीले १६ हजार ७५७ मत मात्रै प्राप्त गरे। 

कांग्रेसले डोटी, अछाम १ र बाजुरामा जित निकालेको छ। डोटीमा कांग्रेसका भरतबहादुर खड्का १४ हजार ८९७ मतका साथ विजयी भए। उनका प्रतिस्पर्धी एमालेका दीपकबहादुर धामीले १४ हजार ११० मत प्राप्त गरेका छन्। 

अछाम १ मा नेकपाका भीम रावललाई पराजित गर्दै कांग्रेसका भरत कुमार स्वाँर निर्वाचित भए। कांग्रेसका स्वाँरले १० हजार ७५९ मत ल्याउँदा उनका प्रतिस्पर्धी नेकपाका रावलले १० हजार २३३ मत ल्याएका छन्। 

बाजुरामा कांग्रेसका जनकराज गिरी १७ हजार १७३ मतसहित विजयी भएका छन्। उनका प्रतिस्पर्धी एमालेका लालबहादुर थापाले १६ हजार ६३३ मत मात्रै ल्याउन सके। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad