सुदूरपश्चिम


बाजुरामा तीन मतदान केन्द्रको मतपेटिका ओसार्न बाँकी, भोलि हेकिप्टरमार्फत ल्याएर गणना गर्ने तयारी

बाजुरामा तीन मतदान केन्द्रको मतपेटिका ओसार्न बाँकी, भोलि हेकिप्टरमार्फत ल्याएर गणना गर्ने तयारी

नेपालखबर
फागुन २१, २०८२ बिहिबार २०:४०, कञ्चनपुर

बाजुराको हिमाली गाउँपालिकाको एउटा मतदान केन्द्रबाट मतपेटिका हेलिकप्टरमार्फत सदरमुकाम मार्तडी ल्याइएको छ। 

बाजुराका प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाका अनुसार हिमाली गाउँपालिका–३ गुम्बास्थित हिमालभक्ति आधारभूत विद्यालय मतदान केन्द्रका मतपेटिका हेलिकप्टरमार्फ मार्तडी ल्याइएको हो।

उक्त मतदान केन्द्रमा ७३ मतदातामध्ये ४० मत खसेको छ। यस्तै, हिमाली गाउँपालिकाको अन्य तीन मतदान केन्द्रको मतपेटिका शुक्रबार बिहान हेलिकप्टरमार्फत मार्तडी ल्याइने सीडीओ निरौलाले बताए। 

अन्य स्थानको मतपेटिका मार्तडी ओसार्ने काम धमाधम भइरहेको छ। हिमाली गाउँपालिकाको बाम, बौडी र बिच्छ्याका मतपेटिका शुक्रबार हेलिकप्टरमार्फ ढुवानी गरेर सर्वदलीय बैठक पश्चात् शुक्रबारदेखि गणना गर्ने तयारी छ।

बिहिबार सम्पन्न प्रतिनिधिसभा चुनाव अन्तर्ग मतदानमा बाजुरामा ४६ हजार २३२ मत खसेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad