कञ्चनपुरको पूर्वपश्चिम राजमार्गमा शंकास्पद वस्तु फेला परेको छ।
कृष्णपुर नगरपालिका-२ वाणीस्थित राजमार्गमा २ वटा शंकास्पद झोला भेटिएको प्रहरीले जनाएको छ।
इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक राजेश बस्नेतका अनुसार फेला परेका झोलाभित्र के छ भन्नेबारे अझै एकिन हुन सकेको छैन।
घटनास्थलमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी हेमबहादुर शाहीसहित सशस्त्र प्रहरी, नेपाल आर्मीको टोली परिचालन गरिएको छ।
रार्जमागमा आफूले झोला राखेको बताउने शंकास्पद एक व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ। सुरक्षाकर्मीले शंकास्पद वस्तुको जाँच गरिरहेका छन्।
135
Shares

प्रतिक्रिया