सुदूरपश्चिम


बैतडीमा बिहानैदेखि बाक्लो हिमपात, धारामा पानी जम्यो, जनजीवन कष्टकर

बैतडीमा बिहानैदेखि बाक्लो हिमपात, धारामा पानी जम्यो, जनजीवन कष्टकर

बैतडीमा बुधबार बिहानैदेखि बाक्लो हिमपात भइरहेको छ। तस्बिर : रासस


नेपालखबर
माघ १४, २०८२ बुधबार ८:१४, बैतडी

बैतडीमा आज बिहानैदेखि बाक्लो हिमपात भएको छ।

जिल्लाका उच्च भेग सिगास, खोडपे, अनारखोली, ढोल्यामोडमा हिमपात भएको हो।

हिमपात भएपछि गहुँलगायत हिउँदे बाली सप्रिनेमा यहाँका किसान ढुक्क भएका स्थानीय राजबहादुर टेरले बताए। 

हिमपातका कारण अत्यधिक चिसो बढेपछि जिल्लाको जनजीवन कष्टकर भएको छ।

यसैगरी, ढोरपाटनबाट रासस प्रतिनिधिले जनाएअनुसार ढोरपाटनसहित बागलुङका उच्च पहाडी क्षेत्रमा भारी हिमपात भएको छ । गए रातिदेखि बाक्लो हिउँ परेको छ।

हिमपातले ढोरपाटन उपत्यकासहित आसपासका क्षेत्र सेताम्मे भएका छन्। हिमपातका कारण धारामा पानी जमेको छ।

निरन्तर हिमपात भइरहेकाले स्थानीयलाई हिँडडुल गर्न कठिन भएको छ। ढोरपाटनसँगै निसीखोलाको रिग, पातीहाल्ने, खानीखोला, निसेलढोरमा पनि हिमपात भएको छ।

किसानले भने हिमपातसँगै हिउँदे बाली सप्रने विश्वास गरेका छन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad