कैलाली निर्वाचन क्षेत्र नम्बर ५ मा नेपाली कांग्रेस र नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवारले मनोनयन दर्ता गराएका छन्।
नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश कार्यसमिति महामन्त्री नरनारायण शाह (मनु) र नेपाली कम्युनिष्ट पार्टीका प्रेम बहादुर आले मगरले मनोनयन दर्ता गराएका छन्।
शाह पहिलो पटक कैलाली ५ मा उम्मेदवार बनेका हुन। ०७४ को चुनावमा यो क्षेत्रमा कांग्रेसकी आरजू राणा देउवालाई पराजित गर्दै एमालेका नारदमुनि राना विजयी भएका थिए।
०७९ को चुनावमा कांग्रेसले जितेको थियो। कैलाली ५ मा आरजूलाई यसपटक कांग्रेसले टिकट दिएन। आले पनि कैलाली ५ मा पहिलो पटक चुनावी मैदानमा उत्रिएका छन्।
उनी यसअघि डोटीबाट चुनाव लड्दै आएका थिए।
72
Shares

प्रतिक्रिया