सुदूरपश्चिम


चन्दा संकलन गरी ३३ फिट अग्लो शिव मूर्ति निर्माण हुँदै

चन्दा संकलन गरी ३३ फिट अग्लो शिव मूर्ति निर्माण हुँदै

नेपालखबर
पुस १३, २०८२ आइतबार २०:२७, कञ्चनपुर

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–६ कसरौलका स्थानीय चन्दा सङ्कलन गरी भगवान् शिवको विशाल मूर्ति निर्माणमा जुटेका छन्। 

स्थानीय शिव गौरी मन्दिर क्षेत्रलाई धार्मिक पर्यटकीयस्थलका रूपमा विकास गर्ने उद्देश्यले ३३ फिट अग्लो शिवको मूर्ति निर्माण कार्य अगाडि बढाइएको हो।

मूर्ति निर्माण समितिका सचिव जनक साउदले स्वदेश तथा विदेशमा रहेका स्थानीय बासिन्दाबाट चन्दा सहयोग जुटाएर काम भइरहेको बताए। मूर्तिकारसँग रु दुई लाखमा ठेक्का सम्झौता गरी सुरु भएको काम हालसम्म ६० प्रतिशत सम्पन्न भइसकेको उनले जानकारी दिए। 

मूर्तिकार प्रेम टमटाले मूर्ति निर्माणको काम धमाधम भइरहेको बताए। अबको एक महिनाभित्रै मूर्तिको सम्पूर्ण काम सक्ने योजना रहेको जानकारी दिए। 

समितिका अध्यक्ष खडकबहादुर साउदले मूर्तिको कुल लागत करिब रु पाँच लाख पुग्ने अनुमान गरिएको र सोहीअनुसार सहयोगका लागि आह्वान गरिएको बताए। निर्माण समितिले रु पाँच हजारभन्दा बढी चन्दा दिने दाताहरूको नाम शिलालेखमा लेख्ने निर्णयसमेत गरेको उनले सुनाए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad