यही पुस ९ देखि बेपत्ता बैतडीको शिवनाथ गाउँपालिका-२ सनकोटका ५१ वर्षीय देवानसिंह साउद शुक्रबार मृत फेला परेका छन्।
उनी स्थानीय गिठीखोला भिरमा मृत भेटिएको गाउँपालिका अध्यक्ष कर्णसिंह साउदले जानकारी दिए।
गत बुधबार स्थानीय बजारमा मासु ल्याउन भनी घररबाट निस्केका देवानसिंह नफर्केपछि खोजतलास गर्दै जाँदा शुक्रबार अपराह्न मृत फेला परेका हुन्।
उनको मुखमा निलडाम र टाउकोमा चोट रहेकाले हत्याको आशङ्का गरिएको छ। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
मृतकका श्रीमती, पाँच छोरा र एक छोरी छन्। रासस
93
Shares

प्रतिक्रिया