सुदूरपश्चिम


मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु, अर्का घाइते

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु, अर्का घाइते

नेपालखबर
कात्तिक २१, २०८२ शुक्रबार १९:२६, कञ्चनपुर

कञ्चनपुरमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्। 

वेदकोट नगरपालिका–८ आमथलास्थित भित्री सडक खण्डमा मसला बनाउने आर्गो मिक्सर मेसिनमा मोटरसाइकल ठोक्किएको हो।

भारत विहारका अवधेश कुमार महतोले चलाएको अनटेस्ट मेसिनमा दक्षिणबाट उत्तरतर्फ गइरहेको अवस्थामा विपरित दिशाबाट आउँदै गरेको म २ प ८४०२ नम्बरको मोटरसाइकल ठोक्किएको प्रहरीले जनाएको छ। 

जिल्ला प्रहरी कार्यालयका अनुसार दुर्घटनामा मोटरसाइकल चालक वेदकोट नगरपालिका–७ सुडाका ३१ वर्षीय शिव राना र मोटरसाइकलमा सवार सोही ठाउँका ३१ वर्षीय भीम राना घाइते भएका थिए। 

गम्भीर घाइते भएका चालक रानाको महाकाली प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। घाइते भीमको उपचार भइरहेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad