भारतको बिहार विधान सभाको दोस्रोचरणको निर्वाचनलाई मध्येनजर गर्दै नेपाल-भारत सीमानाका बन्द गरिने भएको छ। जिल्ला प्रशासन कार्यालय रौतहटले यही कात्तिक २२ गते साँझ ६ बजेदेखि दुई देशको सीमानाका बन्द रहने जानकारी दिएको छ।
'मिति २०८२ कात्तिक २५ गते मंगलबारको दिन यस जिल्लाको सीमावर्ती क्षेत्र भारतको बिहार राज्य सीतामढी तथा पूर्वी चम्पारण जिल्लामा दोस्रोचरणको विधानसभा निर्वाचन हुने भएकोले शान्ति सुरक्षा व्यवस्थापनका लागि कात्तिक २२ गते साँझ ६ बजेदेखि कात्तिक २५ गते साँझ ८ बजेसम्म बन्द गरिने' जिल्ला प्रशासन कार्यालय रौतहटले जारी सूचनामा उल्लेख छ।

246
Shares

प्रतिक्रिया