सुदूरपश्चिम


विपिनको शव पर्खेर बसिरहेका छन् आफन्त र छिमेकी, लक्ष्मी पूजा पनि गरेनन्

विपिनको शव पर्खेर बसिरहेका छन् आफन्त र छिमेकी, लक्ष्मी पूजा पनि गरेनन्

नेपालखबर
कात्तिक ३, २०८२ सोमबार १८:३४, कञ्चनपुर

इजरायल-हमास युद्धको शिकार भएका विपिन जोशीको शव नेपाल ल्याइएको छ। 

सोमबार दिउँसो इजरायलबाट त्रिभुवनविमानस्थलमा ल्याइएको शवमाथि प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली अर्पण गरेकी थिइन्।

त्यसपछि नेपाली सेनाले हेलिकप्टरमार्फत विपिनको घर कञ्चनपुरतर्फ लगेको थियो। 

शव आजै पुग्ने भएपछि घरमा उनका आफन्त र छिमेकी शवको पखाईमा रहेका छन्। 

कञ्चनपुरको भीमदत्त नगरपालिका-३ विचपुरी टोल विपिनको निधनले शोकमा छ। आज तिहारको लक्ष्मी पूजा भए पनि शोकमा डुबेका घरपरिवार र टोली-छिमेकीले त्यसलाई मनाएनन्। 

शवको पर्खाइमा परिवारजन र छिमेकी जम्मा भएका छन्। उनीहरूले रातभर आज त्यही शव कुरेर भोलि मात्रै अन्तिम दाहसंस्कार गरिने छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad