समाज


सामूहिक आक्रमणमा परी एकै परिवारका चार जना घाइते

सामूहिक आक्रमणमा परी एकै परिवारका चार जना घाइते

नेपालखबर
कात्तिक ३, २०८२ सोमबार १९:१६, सिरहा

यहाँको मिर्चैया नगरपालिका–३ स्थित छड्की टोलमा आइतबार साँझ एक परिवारमाथि आक्रमण हुँदा चार जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालका अनुसार, घाइते हुनेमा ६० वर्षीय शिवनन्दन यादव, उनको श्रीमती दुर्गीदेवी यादव, छोरा जमाहिर यादव र बुहारी रीता यादव छन्। गम्भीर घाइते रिता यादवलाई उपचारका लागि जनकपुर पठाइएको छ भने अन्यको मिर्चैयामै उपचार भइरहेको छ।

पीडितका अनुसार १५/२० जनाको समूहले घरमै आएर खुकुरी, रड, भाटालगायतका हतियारले आक्रमण गरेका थिए।

प्रहरीले घटनामा संलग्नताको आरोपमा आज मिर्चैया–३ का पूर्ववडाध्यक्ष हरिकुशियैत यादवसहित किशोर यादव, अशोक यादव, जगदीश यादव गरी चार जनालाई नियन्त्रणमा लिएको जनाएको छ। उनीहरू छिमेकी गाउँ सिसबोनीका हुन्। घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। रासस

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad